अष्टसहाश्रिका प्रज्ञापारमिता र जिर्णोद्धार वंशावलीको महत्व

– राजेश बज्राचार्य
असोज २२ बिहिवार

ऐतिहासिक पृष्ठभूमी

बुद्ध उपदेशहरु र उनका बौद्धिक दर्शनलाई लिपिवद्ध गरिएका ग्रन्थहरुमध्ये प्रज्ञापारमितालाई प्रमुख मानिन्छ । बुद्धत्व प्राप्ति पश्चात बुद्धले दिनुभएको दोश्रो उपदेशका रुपमा पनि प्रज्ञापारमितालाई लिने गरिन्छ । बुद्ध दर्शनमा रहेको चार आर्य सत्यलाई बुझ्न र आर्य अष्टांगिक मार्गतर्फ बोधिसत्वहरुलाई दोहोर्याउन निकै उपयोगी पाइएकाले श्रुति परम्पराबाट लेखनको विकाससँगै यसलाई ग्रन्थको रुप दिन थालिएको मान्न सकिन्छ ।

बुद्ध महापरिनिर्वाणको करीव ४ शताब्दिपछि शुरु भएको महायानी बुद्ध धर्म परम्परामा रहेका महत्वूर्ण नवग्रन्थ मध्ये पनि प्रमुख दर्शनका रुपमा प्रज्ञापारमिता रहेको पाइन्छ । अनात्माबोध सम्बन्धमा महत्वपूर्ण उपदेश रहको मानिने प्रज्ञापारमिताबारे शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञापारमिताको मूर्तरुप शिर्षकको लेखमा यसलाई अतिनै सह्राहनिय दार्शनिक ग्रन्थ रत्न भनेका छन । यसको संक्षिप्त रुपमा २५ श्लोकको पञ्चविंशति (जसलाई हृदयसूत्र पनि भनिन्छ) देखि १ लाख श्लोक रहेको शतसाहश्रिका प्रज्ञापारमिता समेत गरि ८ प्रकारको रहेको पाइन्छ ।

बौद्ध परम्पराका प्रायः बिहारहरुमा प्रज्ञापारमिताका ग्रन्थहरु रहेको पाईन्छ । बुद्धवचन र तथागतका संग्रहित उपदेशहरुमध्ये नेपालको मौलिक कलात्मक रञ्जनालिपि अक्षरले सुनलेपन गरि सजिएको अष्टसहाश्रिका प्रज्ञापारमिता विश्वमै अद्वितीय बौद्ध ग्रन्थहरुमा गनिन्छ । क्याम्ब्रिज, क्लिभलाण्ड म्यूजियम अफ आर्ट लगातयतका स्थानमा संरक्षित ग्रन्थका ज्ञाता पि. एल. जोेशी, एडवर्ड कोन्ज जस्ता लगायतका विभिन्न विज्ञहरुले गरेका अध्ययनका आधारमा नेपाल र रञ्जनालिपिसँग सम्बन्धित अष्टसाहश्रिका प्रज्ञापारमिता ग्रन्थको ईतिहास दक्षिण एसियामा इस्वी १००० देखि १२६४ तिर पाइएको छ । नेपालअक्षर, रञ्जनालिपिको प्रयोग भएको यस ग्रन्थहरुको सम्बनधन विशेषत महायानी बौद्ध परम्परा र चिनियाँ तिबेत, मलेसिया लगायत देशहरुमा समेत अनुवादित भएको पाइन्छ ।

नेपालका सन्दर्भमा हालसम्मको यसमध्ये काठमाडौंको भगवान वहालमा रहेको नेपाल सम्वत ३४४ उल्लेख रहेको शतसाहश्रिका पनि चर्चित छ भने रुद्रवर्ण महाविहार तथा महाबौद्धमा रहेको अष्टसाहश्रिका प्रज्ञापारमिता पनि र कलात्मक स्वर्णलेपनको रञ्जनालिपिले नै लेखिएका ग्रन्थहरु हुन । अन्य स्थानहरुमा पनि विशेष अवसर तथा गुँला महिना अवधिभर प्रदर्शन र पाठ गराउने चलन रहेको पाइन्छ । यद्यपि शताब्दीयौं पुरानो यस ग्रन्थलाई आजका दिन सम्म निरन्तर पाठ गर्ने गराउने प्रचलन भने पाटनको हिरण्यवर्ण महाविहारमा मात्र बाँकी रहेको छ ।

लोक कथन र किंवदन्ती अनुसार ……..कालान्तरमा पाटन नागवहालमा विवाहित ती छोरीको सन्तति परिवारको अंशवण्डाका क्रममा ग्रन्थलाई लोकहितमा संरक्षित राख्ने उद्धेश्यले हिरण्यवर्ण महाविहारमा चढाएको किवंदन्ती रहेको यहाँका पुजारीहरु बताउँछन।

हिरण्यवर्ण महाविहारमा रहेको अष्टसहाश्रिका प्रज्ञापारमिताको प्रादुर्भावका सम्बन्धमा दुइ ब्यक्तिका नाम चर्चामा आएको पाईन्छ । बुद्धवचनलाई जस्ताको तस्तै सम्झन सक्ने अरहन्तका रुपमा बुद्धका समकालिन अनुयायी भिक्षु आनन्दलाई लिइन्छ तर यस ग्रन्थमा रहेको भिक्षु आनन्द पछिल्ला समयको भिक्षु रहेको स्थानियहरुको कथन छ । त्यस्तै इस्वी पहिलो र दोश्रो शताब्दीतिरका महायानी माध्यमक दर्शन वा शून्यता दर्शन ब्याख्याता नागार्जुनलाई नागदेशका राजाले यस अमूल्य ग्रन्थलाई लोककल्याणा तथा रक्षाकालागि प्रदान गरेको र उनैले यसलाई प्रचार गरेको कथन पनि पाईन्छ ।
८ हजार संस्कृत श्लोक रहेको यस ग्रन्थलाई आनन्द भिक्षुबाट रञ्जनालिपिको प्रयोग गरि स्वर्णलेपन अक्षरले लेखिएको मानिन्छ भने नेपाल सम्वत ३४७ मा राजा अभय मल्लको राज्यकालमा यसलाई कापित नगरबाट ल्याइएको भन्ने लोक कथन चर्चित छ । लोक कथन र किंवदन्ती अनुसार ब्राम्हण कूलमा जग्गे गर्ने स्थानमा नवदुलहीले अञ्जानवश राती मलमूत्र त्याग गर्दा भोलिपल्ट सुनमा बदलिएको कारण सबैमा लोभ पलाई सबैले यस्तो अपवित्र कार्य गर्न थाले । यसको विरोध स्वरुप त्यहाँका बिद्याधर ब्राम्हणले आफ्नो साथमा प्रज्ञापारमिता ग्रन्थ लिएर हाल पाटनको अग्निशाला रहेको स्थानमा बिश्राम लिएको बताईन्छ । उनीसँग रहेको ग्रन्थ पाटनको बुबहालमा आफ्नो छोरी यशोधरका सन्तानलाई बौद्ध परम्परा अनुसार संस्कार गरेपछि तीनै सन्तानका एक छोरीलाई ग्रन्थ सम्हाल्न दिए । कालान्तरमा पाटन नागवहालमा विवाहित ती छोरीको सन्तति परिवारको अंशवण्डाका क्रममा ग्रन्थलाई लोकहितमा संरक्षित राख्ने उद्धेश्यले हिरण्यवर्ण महाविहारमा चढाएको किवंदन्ती रहेको यहाँका पुजारीहरु बताउँछन।

सोही स्वर्ण अक्षरमा लिखित ग्रन्थलाई हालसम्म अटूट रुपमा पाठ गराउनुकासाथै नियमित जिर्णोद्धार गर्र्न (सम्भवतः यो ग्रन्थ चढाउने वंशका परिवार सदस्यहरु) हाल १० परिवार सम्मिलित एक गुथिको व्यवस्था गरिएको छ । सो गुथिका सदस्यहरुले नित्य नियमहरु अनुरुप ग्रन्थको प्रत्येक प्रयोगपछि लालछाप प्रयोग गर्ने व्यवस्था सहित सुरक्षा यकिन गरेर यस महाविहारका मूल पूजारी बाफाचाको जिम्मामा मन्दिर भित्र राख्ने गर्दछन ।

संस्कृत भाषामा रञ्जनालिपिले लेखिएको यस ग्रन्थको रचना भिक्षु आनन्दका हातबाट राजा अभय मल्लको पालामा भएको उल्लेख रहेको जिर्णोद्धारमा संलग्न लिपिज्ञाता हेमरत्न शाक्य बताउँछन । उनका अनुसार ग्रन्थको अन्तमा सम्वत अलि अस्पष्ट रहेको २४५ लेखिएको देखिन्छ तर अभय मल्लको राज्यकाल नेपाल सम्वत ३४५ भएकाले यसैबेलाको भएको मान्न सकिन्छ ।

प्रज्ञापारमिता जिर्णोद्धार वंशावली

निरन्तर प्रयोगबाट च्यातिएका, मेटिन थालिएका अक्षरहरुको पुनःलेखन र मर्मत गर्दै जिर्णोद्धारमा व्यस्त संस्कृत भाषा र रञ्जनालिपिका ज्ञाता कलाकर्मी ।
फोटो : कृतन मंगल जोशी

प्रत्येक जिर्णोद्धार कार्य पश्चात संलग्न गुथियारहरु, लिपि लेखकहरुको नाम र सो वर्षको कार्यमा श्रद्धाभावका मूलदाता रहेमा तीनको नाम समेत स्वर्ण अक्षरमा उल्लेख गरि संरक्षित गरिन्छ ।

विभिन्न समयमा गरिएका जिर्णोद्धार कार्यबारे संक्षेपमा नामहरु समेत स्वर्ण अक्षरमा उल्लेख गरि संरक्षित नीलपत्रहरु । हाल गुणस्तरिय नीलपत्र समेत पाउन मुश्किल भएको लिपिज्ञाताहरु बताउँछन।

यहाँ रहेको प्रज्ञापारमिता जिर्णोद्धार वंशावली

नेपालको धार्मिक प्रचलनमा मलमासको समयमा कुनै शुभ कार्य गर्न उचित थानिंदैन र सो ही कारण प्रज्ञापारमिता पाठ पनि नगराइने हुनाले यो समय मात्रै हिरण्यवर्ण महाविहारमा रहेको यस ग्रन्थको जिर्णोद्धार गरिन्छ । २०५६ सालदेखि निरन्तर जिर्णोद्धारमा संलग्न रहँदै आएका लिपिविज्ञ अष्टमान शाक्यका अनुसार यो ग्रन्थको जिर्णोद्धार ईतिहासमा हरेक पटक स्वर्ण अक्षरमै अन्तिम पृष्ठ लेख्ने चलन रहेको बताए । आपूm संलग्न भएदेखिको अनुभव र टिपोटका आधारमा अभय मल्लको पालामा लेखिएको भएतापनि यो ग्रन्थ नेपाल सम्वत ७२३मा मात्रै हिरण्यवर्ण महाविहारमा थप आयस्ताको व्यवस्थापन गरि चढाईएको हुन सक्ने उनले बताए ।

मूल ग्रन्थमा पहिलो थप पन्नाका रुपमा नेपाल सम्वत ७२३ श्रावण शुक्ल प्रतिपदा, शुक्रवार उल्लेख भएको अलि अस्पष्ट देखिने जयसिं देव थाकुलसका राज्यकालमा श्रीनाथ लगायत ११ जनाले थप आयस्था व्यवस्थापनसहित यस बिहारमा चढाइएको उनी बताउँछन । उनका टिपोट अनुसार त्यसपछि नेपाल सम्वत ७४७ मा राजा सिद्धिनरसिं मल्लका पालामा श्री नाथजु प्रमुख गुथियार उल्लेख भइ पहिलो पटक जिर्णोद्धार गरिएको पाइन्छ । जिर्णोद्धार सम्बन्धि यी अभिलेखहरुलाई जिर्णोद्धार वंशावली इतिहासका रुपमा लिन सकिने बताउँदै उनले भने, “अभय मल्लले लेखाएपछि ७२३ मा यहाँ चढाएको ईतिहासपछि सिद्धिनरसिं मल्लका पालामा पहिलो पटक जिर्णोद्धार पछि, राजा त्रिभुवनको पालामा ३ पटक, महेन्द्रका पालामा १ पटक, वीरेन्द्रका पालामा ५ पटक, ज्ञानेन्द्रका पालामा ३ पटक, प्रथम राष्ट्रपति रामवरण यादवका पालामा ३ पटक र यो सालसमेत प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीका पालामा २ पटक गरि यसको १८औं पटक जिर्णोद्धार भएको देखिन्छ ।”

उनको टिपोटका आधारमा स्वर्णलिपि प्रयोग हुने यस ऐतिहासिक ग्रन्थको जिर्णोद्धार कार्यकालागि हालसम्ममा राजा सिद्धिनरसिं सहित सुन र प्रविधिको लागतकालागि स्थानिय दानपतिहरुको नाम उल्लेख भए अनुसार ७ पटक मात्र अन्य दाताहरुले प्रदान गरेको पाइएको छ ।

जिर्णोद्धार वंशावली ईतिहास

जिर्णोद्धार वंशावली ईतिहास (लिपिविज्ञ अष्टमान शाक्यज्इूको टिपोटको संक्षेपिकरण – राजेश बज्राचार्य ) pg1

जिर्णोद्धार वंशावली ईतिहास (लिपिविज्ञ अष्टमान शाक्यज्इूको टिपोटको संक्षेपिकरण – राजेश बज्राचार्य ) pg2

जिर्णोद्धार वंशावली ईतिहास (लिपिविज्ञ अष्टमान शाक्यज्इूको टिपोटको संक्षेपिकरण – राजेश बज्राचार्य ) pg3

जिर्णोद्धार वंशावली ईतिहास (लिपिविज्ञ अष्टमान शाक्यज्इूको टिपोटको संक्षेपिकरण – राजेश बज्राचार्य ) pg4

संस्कृतिप्रेम र प्रज्ञापारमिता

ज्ञान र दर्शनको महत्व बाहेक अति अशक्त रहेका बेला स्वास्थ्यलाभ देखि निश्चित संकल्प लिई यसको पाठ गराउने विशिष्ट व्यक्तिहरु, व्यापारी तथा खेलकूद क्षेत्रका संस्थाहरुले निकै फलदायी पाएको बताउनाले यस ग्रन्थप्रतिको जनआस्था र महत्व सदैव उच्च रहेको पाइन्छ । यसका अलावा यसको निरन्तर संरक्षणकालागि लिपि र संस्कृत भाषाको ज्ञानका साथै कलाकारिता सदैव जोडिदैं आएको छ ।

यसको जिर्णोद्धारका क्रममा थपिंदै जाने कलात्मक लिपिले सजिएको पानाहरुमा कसैकोे नाम समावेश हुँदै जानु भनेको व्यवहारिक रुपमा ईतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउनु हो । तर हालसम्म उल्लेख भएका शाषकहरुको नाममध्ये मल्लकालीन राजाहरुबाहेक नेपालका अन्य शाषक वा राज्यसत्ताले सायदै ठोस योगदान गरे होलान ।

यस ग्रन्थको संरक्षणमा योगदान दिनु भनेको धार्मिक पुण्यकार्य मात्र नभई यस ग्रन्थ भित्रका ज्ञान र सामाजिक विज्ञानलाई पनि साक्षात्कार गर्ने अवसर हो । यसको जिर्णोद्धारका क्रममा थपिंदै जाने कलात्मक लिपिले सजिएको पानाहरुमा कसैकोे नाम समावेश हुँदै जानु भनेको व्यवहारिक रुपमा ईतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउनु हो । तर हालसम्म उल्लेख भएका शाषकहरुको नाममध्ये मल्लकालीन राजाहरुबाहेक नेपालका अन्य शाषक वा राज्यसत्ताले सायदै ठोस योगदान गरे होलान ।

शताब्दीयौं पुरानो अष्टसाहश्रिका प्रज्ञापारमितामा लगायतका बुद्ध उपदेशहरुमा निहित परमार्थ सत्यको बौद्धिक दर्शनलाई विज्ञान सम्मत ऐतिहासिक भौतिकवादी अध्ययनका आधारमा सामाजिक मनोविज्ञान, इकोनोग्राफी जस्ता विषयमा प्राज्ञिक अध्ययन र विकास विश्वब्यापी रुपमा हुँदै आएको देखिन्छ ।

अतः आधुनिक युगमा यस प्रज्ञापारमिताको अध्ययनलाई हामीमा सर्वव्यापी रहेको मानसिक तनाव व्यवस्थापन प्रविधि अर्थात ध्यान भावना लगायत दीगो लोकहितबारे बुझ्न प्रयोग गर्न सक्दछौं । हजारौ वर्ष पुरानो र वैज्ञानिक दृष्टिले पनि पुष्टि हुँदै आएको यो ज्ञानलाई हामीले अझै पनि प्रत्यक्ष आर्जन गर्न सकिने हुँदा यसको प्राज्ञिक अध्ययन, बहस र विकासकालागि लिपि ज्ञानतर्फ युवावर्गलाई आकर्षित गराउन आवश्यक देखिन्छ ।

प्रज्ञापारमिताको अध्ययनको प्रयासले हामीलाई संस्कृत भाषाको ज्ञान, लिपिको ज्ञान र सामाजिक विज्ञानतर्फ पनि थप प्रभावकारी बनाउने हुँदा हामी स्वतः साँस्कृतिक संकुचन, जातिवादी र साम्प्रदायिक भाव भन्दा माथि उठाउने निश्चित छ । संयुक्त राष्ट्र संघका साथै विश्वमै बिशिष्ट रुपले नेपाल चिनाउने कलात्मक मौलिक लिपि रञ्जनालिपिको ब्यापक प्रयोगसँगै प्रज्ञापारमिताको अध्ययनले बोधि ज्ञान र हाम्रो संस्कृतिप्रेमलाई अझ सशक्त बनाउन सक्ने सम्भावना देखिन्छ । सामाजिक विज्ञानका दृष्टिकोणले लोक कल्याणकारी धारणासँग जोडेर ईतिहासको तुलनात्मक अध्ययन निरन्तर राख्न सकिए हाम्रा संस्कृति भित्रको व्यवहारिक दर्शन पक्ष उजागर हुनका साथै दीर्घकालीन रुपमा संस्कृतिको संरक्षणमा टेवा पुग्नेमा सायद दुइमत नहोला ।

अतः राज्यसत्ता संचालक देखि ईतिहासको अर्थ बुझ्ने जोकसैले यसको संरक्षणको महत्वलाई आत्मसात गर्दै ठोस योगदान गर्नु भनेको प्रज्ञापारमिताको ज्ञान दर्शनकासाथै आफ्नो यश कृति बढाउने लाभ प्राप्त हुने कुरातर्फ पनि सचेत हुनुपर्ने आजको आवश्यकता हो भन्दा अत्युक्ति नहोला ।

निरन्तर प्रयोग हुँदै आएको शताब्दीयौं पुरानो बौद्ध अष्टसहाश्रिका प्रज्ञापारमिता ग्रन्थलाई मलमासको समयमा जिर्णोद्धार गर्ने प्रचलन अनुरुप यस वर्षको जिर्णोद्धार कार्य २०७७ असोज २४ गते शनिवारका दिन जिवन्यास गराइ सुसम्पन्न हुने बताइएको छ ।
https://youtu.be/lvpnPceu138

सहयोगी सन्दर्भ सामग्रीहरु ः

Spread the love

Related posts

Leave a Comment