Business and CSR Entertainment National

ईण्डिजिनस टेलिभिजनको दोश्रो वार्षिकोत्सव मंगलबार

ने.सं. ११३८ दिल्लागाः अष्टमी । श्रावण २०, २०७५ । अगष्ट ५, २०१८

आदिवासी जनजातिबीच लोकप्रिय बन्दै गएको इन्डिजिनस टेलिभिजको दोश्रो वार्षिकोत्सव श्रावण २२ गते राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा मनाईने भएको छ ।

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट २०७१ साल चैत्र २० गते इजाजत प्राप्त गरि २२ औं आदिवासी दिवसका अवसरमा ९ अगष्ट २०१६ बाट प्रसारणको शुरुवात गरेको ईण्डिजिनस टेलिभिजनले तेश्रोे वर्षमा प्रवेश गर्न लागेको हो ।

समाचारमूलक, शिक्षामूलक र मनोरञ्जनात्मक कार्यक्रम उत्पादन तथा प्रसारण हाल २४सै घण्टा नियमित रहेको यस टेलिभिजनले नेपाली समाजको भाषिक साँस्कृतिक विविधता र विशेषत आदिवासी जनजातिहरुको भाषिक संचारलाई समावेशी ढंगले प्रवर्द्धन गर्दै आएको छ ।

उक्त टेलिभिजनको नेपालभाषा विभागका शैलेश डंगोलले दिनुभएको जानकारी अनुसार नेपाली, अंग्रेजी, चाईनिज, नेपालभाषा, तामांग, राई वान्तवा, चाम्लिंग, कुलुंग, शेर्पा, लिम्बु, सुनुवार, माझी, दनुवार, थामी लगायत १३ भाषामा समाचार प्रसारण हुने गरेको छ । मंगलबार दिउँसो १२ः३० बजेदेखि साँझ ४ बजे सम्म जमलस्थित नाचघरमा हुने यस टेलिभिजनको वार्षिकोत्सवमा मिडियाका विविध पाटाबारे रोचक मञ्च सम्वाद कार्यक्रमहरुसँगै साँस्कृतिक झाँकीहरुको विशेष प्रस्तुति रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *