करुणाको अभाव देखिएको जात्रा

सहकालकालागि पुजिएको करुणामय मछिन्द्रनाथको जात्रा कोभिड संक्रमण तथा त्यसकारण निर्णयमा उत्पन्न अन्यौलताकाबीच जारी निषेधाज्ञा र कर्फ्युबीच क्षमापूजा पछि प्रमुख जात्रा सरोकारवालाहरुबीच रथयात्रा सांकेतिक रूपमा सम्पन्न गरिएको छ ।

रथ तानिएको दोश्रो दिन आज सोमबारका दिन पाटनका राजा योग नरेन्द्र मल्लका पालामा नेपाल सम्बत ८१४ मा स्थापित मणिमण्डपमा बसेर भाद्र २९ गते भोटोजात्रा बिना समापन गर्ने गरि देवतालाई खतपूजा गरि बुंगमतिमा फर्काईने घोषणा गरिएको छ ।

Karunamaya – John K. Locke p. 316

पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार स्थानमा बिसर्जन गराई मनाइन्छ । पहिलो गा:बा: या: भनी रथ पुल्चोकबाट पाटन गा:बहाल पुर्याईन्छ जसलाई काठमाडौंकालागि जात्रा, नुग: या: भनी सुन्धारा जसलाई भक्तपुरकालागि जात्रा, लग: या भनी लगनखेल पुग्दा पाटनवासीहरुको जात्रा र जावला या: भनी जावलाखेल पुगेपछि सारा जगतकालागि भनि जात्रा गरिने मान्यता रहिआएको छ । महिला सहभागिताको प्रथा लगनखेलबाट थ:तिसम्म पुर्याउंनेबाट स्थापित इतिहास र सन्तानलाभकालागि रथको टुप्पोबाट नरिवल खसालिने परम्पराबाट निसन्तानहरुलाई समेटेको देखिन्छ । यो जात्राको जावलाखेलमा भोटो देखाउने परम्पराले पछिल्लो इतिहासमा राज्य प्रमुखको प्रत्येक्ष संलग्नता देखाई राष्ट्रिय पर्वका रूपमा सबै नेपाली तथा संस्कृतिप्रेमीहरुलाई समावेश गरेको इतिहास जिवित छ । रथयात्रामा सहभागी भएमा स्वर्गलोक, मर्त्यलोकको भ्रमण तुल्य मानिने विश्वास गरिन्छ ।

Karunamaya – John K. Locke pg. 273

राष्ट्रिय पहिचान, समावेशीता र सदभावको महत्व बोकेको यो जात्रालाई मनाउने सबैको चाहना भएपनि हालको सन्दर्भमा कोभिड महामारी संक्रमणका बेला उत्सवको रूपमा छोयलाभू, भुजिया गर्ने सोच पाटनवासी वा जात्राप्रेमीहरुमा थिएन । रथ निर्माण र रथारोहण भैसकेको अवस्थामा इतिहासमै कहिलै नरोकिएको रथयात्रा सिमित र सुरक्षित रूपमा सम्पन्न होस भन्ने जनचाहना भने सबै सरोकारवालाहरुमा ब्याप्त थियो भन्ने कुरा स्पष्ट हुंदै आएको छ ।
सिमित र प्रमुख जात्रा सरोकारवालाहरुको उपस्थितिबीच जुन रथयात्रा आईतबार सम्पन्न गरियो सो कार्यक्रम गत बिहिबार नै किन तय गर्न सकिएन? दबाब समुहको उपस्थिति नभएको भए अझै यसको टुंगो लाग्ने थिएन भन्ने प्रश्नले सामाजिक संजालमा बहसको स्थान पाएका छन । सम्बन्धित निकाय र जात्रा सरोकारवाला समितिबीच समय छदैं स्पष्ट निर्णय नहुंदा उठेको संकृतिप्रेमी दबाब समुहको खबरदारी कार्यक्रमले निम्तिएको अप्रिय अराजकता र भिडन्तको अवस्थाका कारण अझैपनि स्थानीय संस्कृतिप्रेमीसंगै उपत्यकाका संस्कृति संचारकर्मी लगायत अभियन्ताहरु हिरासतमै छन । केहिलाई रिहा गरिएको छ भने केहि राजनैतिक दलसहित २९ भन्दा बढी संघसंस्थाहरुले पक्राउ परेका अभियन्ताहरुको निशर्त रिहाईका माग गर्दै आएका छन । आज पनि उपत्यका बिभिन्न स्थानमा सबैको रिहाईकालागि शान्तिपूर्ण प्रदर्शन जारी नै छ ।

बिग्यप्तिहरु :
https://www.facebook.com/942890305824464/posts/3258211977625607

ekantipur.com/news/2020/09/06/159940587439763962.html

यीनै कारणले एकताको प्रतिक र उपत्यकावासीको धरोहरको रूपमा रहेको मछिन्द्रनाथ जात्रा जटिल परिस्थितिबीच सम्पन्न गरिएपनि जुन आत्मियता र अपनत्वको अभाव खट्किएको पाइन्छ त्यस अवस्थालाई पनि नकार्न सकिन्न ।
अर्कोतर्फ गिरफ्तार गरिएकाहरुलाई सार्वजनिक मुद्दा लगायतका कानूनी कारवाही अगाडी बढाईएको समाचारले समग्र नेवा: समुदायमा निराशा बढेकै छ भने प्रशासन तहले निषेधाज्ञा दशैंसम्म बढाउनु पर्छ भनि दिएको प्रस्तावले जनजीवन थप जटिल हुनसक्ने अनुमान गरिएको छ ।

सामान्य श्रमजीवीहरुको सहजीकरण ब्यवस्था, बजार अवस्थाकोबारे स्पष्ट अवधारणा भन्दा पनि “संस्कृतिकालागि मर्न तयार रहेको अवस्थाका जनताको स्थितिबारे अनुभव र आउँदो अन्य चाडवाडका कारण उत्पन्न हुने भीडले स्वास्थ्यस्थिति बिग्रन सक्ने..” भन्दै जिल्ला प्रशासन अधिकारीका अभिब्यक्तिले संस्कृतिप्रेमी जनताका नाममा शान्तिस्थिति बिथोलिने शंका रहेको छ कि? राज्य प्रशासन र उद्योग ब्यापारी लगायत जनताबीचको सम्बन्ध झन टाढिने संकेतका रूपमा पनि सामजिक संजालमा बहस शुरु भएको देखिन्छ ।

निषेधाज्ञा दशैंसम्म :
https://www.facebook.com/setopati/videos/955765138261711/

लकडाउनले मात्रै जनजीवनको सवालमा सहजीकरण सम्भव नदेखिएको बिगतको अनुभवलाई हेर्ने हो भने हालको परिस्थितिमा निषेधाज्ञा वा “परिमार्जित लकडाउन” पनि अवस्थाको गाम्भीर्यता हेरेर जनचाहनालाई बुझ्ने स्वच्छ, पारदर्शी र सक्षम प्रशासनको आवश्यकता रहेको बुझाई ललितपुरलाई बुझ्ने अनुभवी बौद्धिक वर्ग र पूर्व प्रशासकहरुको धारणा पाइन्छ । यसैमध्ये ललितपुरमा राम्रो छवि बनाई बिदा भएका अवकाशप्राप्त पूर्व जिल्ला प्रशासन अधिकारी ऋषिराम शर्माज्यु भन्नुहुन्छ :

“लकडाउन मात्रले समस्याको समाधान हुँदैन भन्ने कुरा निर्णयकर्ता अब पनि नबुझ्ने हो भने भोलि यो स्वास्थ्य समस्या मात्र रहने छैन, यो आर्थिक,राजनैतिक र सामाजिक रूपमा विकराल समस्याको रूपमा आउने छ । त्यसैले समयमा नै गम्भीर बनौं !!”

अन्तमा हालको जटिल परिस्थितिमा गर्ने निर्णयहरु जति संवेदनशील देखिन्छन, उत्तिनै सहि निर्णयमा दिर्घकालिन प्रशासनको लोकतान्त्रिक अभ्यास अनि लोकप्रीयता रहने सुअवसरमा बदलिने बिश्वास अझै बाँकी छ । “स्वच्छ र सक्षम प्रशासन, समृद्धी र सुशासन” जनमैत्री रहोस । आजै परेको निजामती सेवा दिवस-२०७७ को सबैमा शुभकामना ।

Spread the love

Related posts

Leave a Comment