Culture & Heritage Feature News Municipal news Provincial News Social Tourism Women Youth & Sports

किर्तिपुरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो

ने.सं. ११३८ तछलाथ्व नवःमि । असार ८, २०७५ । जुन २२, २०१८
किर्तिपुर

किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ ।

किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु सो खाँचो औल्याएका हुन् । उनीहरुले नगरपालिकाको योजनाबद्ध कार्यक्रम, सरोकारवालाहरुबीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुंदै नगरपालिकाका प्रमुख रमेश महर्जनले किर्तिपुरमा ठूलठूला उद्योग र कलकारखाना भन्दा ऐतिहासिक सम्पदा, मूर्त, अर्मूत संस्कृतिको प्रर्वद्धन, संरक्षण र पर्यटकीय पूर्वाधारको निर्माणबाट आन्तरिक र बाहय पर्यटक प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।

किर्तिपुरलाई सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गर्ने लक्ष्यले चम्पापुरमा केवल कार स्थापनाको लागि सम्भाव्यता अध्ययनसंगै स्थानीय पर्यटक पथप्रदर्शक, संस्कृति संरक्षणका कार्यहरु, इतिहासको खोजी, होमस्टेको प्रर्वद्धन कार्यक्रमलाई चरणबद्ध रुपमा अघि बढाउने योजना रहेको बताउंदै सञ्चारमाध्यमसंग भने नजिक रहेर कार्य गर्न नसकेको स्विकार्नुभयो ।

पर्यटकीय उद्योग प्रवद्र्धन गर्न सञ्चारमाध्यमको प्रभावकारी भूमिका रहेको उल्लेख गर्दै प्रमुख महर्जनले सञ्चारमाध्यमले पर्यटकीय गन्तव्यको प्रचारप्रसार, पर्यटक नीति कार्यान्वयन गर्न जनमत सिर्जनाकालागि आह्वान गर्नुभयो ।

सो अवसरमा पर्यटनविद् दिलेन्द्र श्रेष्ठले नेपालमा प्राकृतिक र सांस्कृतिक पर्यटकको ठूलो सम्भावना रहेको बताउँदै पर्यटकहरुको दृष्टि र बुझाईबाट स्थानीय विकास र पूर्वाधार निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

२० वर्ष पाटनमा शुरु गरिएको नेवाः छें बारे बताउंदै उहाँले मौलिकपन भएका पुराना घरहरु नै पर्यटकको आकर्षण रहेकोमा जोड दिंदै यसको तीनको उचित मर्मत र व्यवस्थापनले पनि स्थानीय परिवारकालागि राम्रो आयश्रोत हुनसक्ने बताए । विदेशी पर्यटन किर्तिपुरमा भित्राउन पर्यटन व्यवसायीसंगै गाईडहरुसंग पनि सहकार्य गर्न अनुरोध गर्दै यहांका विशेष आकर्षणबारे प्रचाप्रसार संगै इतिहास र महत्वपूर्ण स्थानबारे पर्चा, पम्पलेट तयार गर्नुपर्ने खाँचो पनि उहाँँले औल्याउनुभयो ।

सो अवसरमा गोरखापत्रका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले सञ्चारमाध्यमले पर्यटकलाई लक्षित गरी उपयोगी सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । वरिष्ठ पत्रकार एवं नेपाल भाषाको दैनिक नेपाल भाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले संस्कृतिविद र सञ्चारकर्मीको भेद बुझाउंदै हरेक जात्रा, पर्व र परम्पराका विषयमा सञ्चारकर्मीले प्रत्येकपल्ट नयाँ नयाँ दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक पर्यटकलाई परम्पराको बखान बाहेक नयाँ कुरा देखाउन नसक्नु प्रति ब्यंग्य गर्दै उनले नयाँ निर्माणकालागि पनि सञ्चारकर्मीले आलोचनात्मक दृष्टिकोण दिनसक्नुपर्नेमा जोड दिनुभयो ।

किर्तिपुर नगरपालिका भाषा, संस्कृति ललितकला र पर्यटन समितिका संयोजक रमेशकाजी डंगोलले किर्तिपुरको विकासमा पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमहरु नियमित रुपमा आयोजित होस भन्ने अपेक्षा गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले किर्तिपुरलाई चिनाउन यसको इतिहास लेखन, सम्पदा निर्माण, मूर्त र अर्मूत संस्कृति जोगाउन नगरपालिकाले सञ्चारमाध्यमसंग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहा“ले स्थानीय सञ्चारमाध्यमलाई प्रर्वद्धन गर्न, स्थानीय पत्रकारको दक्षता अभिवृद्धि तर्फ पनि नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उद्घाटन सत्रपछि भएको अन्तक्र्रियामा सहभागी पत्रकरहरु, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, पथप्रदर्शकहरुले संस्कृति, सम्पदा र मौलिकपनप्रति गौरव गर्दै सञ्चारमाध्यममा त्यसलाई ल्याउन पत्रकार लगनशील हुनुपर्ने, संस्कृति सम्पदा संरक्षणलाई आर्थिक विकाससंग जोडेर अघि बढाउनुपर्ने, होमस्टेको कार्यक्रमलाई बढावा दिनुपर्ने, किर्तिपुका विभिन्न क्षेत्रलाई सम्पदा मार्ग र सम्पदा क्षेत्रको घोषणा गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले घुम्न आउन पर्यटकहरु कम्तीमा एक दिन बस्नुपर्ने र बस्न चाहने वातावरण तयार गर्नुकासाथै किर्तिपुरलाई अन्य पर्यटकीय क्षेत्रमा जाने नाका गन्तव्यका रुपमा विकसित गर्ने साझा लक्ष्य रहनुपर्नेमा जोड दिए ।

त्यसैगरी स्थानीय महिलाहरुले उत्पादन गरेको हस्तकलाजन्य सामग्रीको बिक्री वितरण र प्रवद्र्धन गर्न सकिए संस्कृति र परम्पराका विविध पक्षमा प्रकाश पर्ने र त्यसले आन्तरिक तथा विदेशी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे । नगरपालिकाले सञ्चारमाध्यमसंगको सम्बन्ध विस्तार गर्नुपर्ने खांचो औल्याउंदै सहभागी सञ्चारकर्मीहरुले यहांका संस्कृति, परम्पराका वैज्ञानिक पक्षबारे फिचर लेखनसंगै चलचित्र तथा वृतचित्रहरु प्रवद्र्धन गर्नुपर्ने लगायत विषयमा आआफ्ना धारणा राखेका थिए । सहभागीहरुले शहरीकरणसंगै पुराना शैलीका घरहरु विस्थापित हुँदै गरेको, आर्थिक अभावमा पुख्र्यौली सम्पत्ति बेच्न थालेको प्रति ध्यानाकर्षण गराए । लहना नेवाः खाजा घर जस्ता सामुदायिक लगानीका नयां व्यवसाय लगायत ऐतिहासिक बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्न स्थानीय तहले प्रोत्साहन गर्नुपर्नेमा पनि उनीहरुको जोड रहेको थियो ।

मूर्त र अमूर्त सम्पदाको अन्तरसम्बन्ध र सम्मिश्रणले मात्र स्थानीय संस्कृतिको निरन्तरता रहेको बताउंदै स्थानीय कर्म महर्जनले हाल लोपोन्मुख संस्कृति र सम्पदा जगेर्नामा स्थानीय तहले पनि पहल गर्नुपर्ने बताए । पर्यटकीय विकासमा नयां निर्माण पनि यीनै सूत्रले जोड्न सकिए मात्र किर्तिपुरमा घुम्न आउने भन्दा वास्तविक पर्यटक भित्रिने उनको भनाई रहेको थियो ।

उद्घाटन सत्र स्थानीय सञ्चारकर्मी नजरराम महर्जनले सञ्चालन गरेका थिए भने नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । अन्तरक्रियाबाट प्राप्त सञ्चारमाध्यमको भूमिका लगायतका निस्कर्षलाई नगरपालिकाको आगामी पर्यटकीय प्रवद्र्धन योजनाकालागि सुझावका रुपमा प्रतिवेदन बुझाइने महासचिव महर्जनले बताएका छन ।

 

सगरमाथा आरोहण गर्ने महिला पत्रकार सम्मानित
यसैबीच समारोहमा सगरमाथा आरोहण गर्ने पत्रकारद्वय कल्पना महर्जन, पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानपछि पत्रकारद्वयले सगरमाथा आरोहण गर्दाको अनुभवसंगै आफ्नो आरोहण सञ्चारकर्मीका रुपमा भएको हुंदा पर्यटन प्रवद्र्धनमा गर्दै आएको योगदानबारे सुनाउनुभएको थियो । सांस्कृतिक पर्यटन प्रवद्र्धनकालागि स्थानीय पथप्रदर्शक तालिम देखि सिरुवारी, बन्दिपुर भनेझैं नेवाः सभ्यता र इतिहासको पक्ष समेटेर किर्तिपुरलाई गन्तव्यका रुपमा निर्माणका लागि आफू तत्पर रहेको पर्यटन पत्रकार कल्पना महर्जनले बताए । त्यस्तै महिला भएर १५ वर्ष देखिको फोटो पत्रकारिताको अनुभव, सगरमाथामा फोटो प्रदर्शनी र सामाजिक सञ्जालमार्फत फोटो पत्रकारिताले यहांको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा खेल्न सक्ने महत्वबारे फोटो पत्रकार पूर्णिमा श्रेष्ठले प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *