खोकनामा असोज १९ गते तोरीखेती गर्ने घोषणा

भाद्र २७, शनिवार

तोरीको तेलबाट सुप्रसिद्ध खोकनावासीहरुले विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोधको थप कार्यक्रम स्वरूप आदिवासीहरुले असोज १९ गते सुडोलको फाँटमा तोरीखेती गर्ने घोषणा गरेका छन ।

हालैको मच्छिन्द्रनाथ जात्रामा भएको संस्कृतीप्रेमी र प्रशासनको झडप घटना नसेलाउदै खोकना सुडोलमा नेपाली सेनाको संरक्षणमा निर्माण ठेकेदारहरुले विवादित क्षेत्रमा पुन: निर्माणकार्यको थालनीको बिरोध गर्दै खोकनावासीहरुले संघर्ष जारी रहेको बताएका छन ।

निरन्तर बिरोध बावजूद भैरहेको हस्तक्षेपको प्रतिकारसंगै खोकनाको इतिहास जीवन्त राखिराख्न मर्न पनि तयार रहेको बताउंदै नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका दुर्गाराम डंगोलले सबैको साथकालागि आह्वान गरे । “आदिवासीको आवाज सुनांउदै निकै समय गयो । साराले बुझिसके तैपनि भावी पुस्तासम्म संरक्षित हुने आदिवासी आवाज सुन्ने सरकारको मनसाय देखिएन, आदिवासी आवाज सुन्ने सरकार स्थापित नभएसम्म हाम्रो निरन्तर संघर्ष जारी रहनेछ ।” उनले प्रतिबद्धता जाहेर गरे ।

आज आयोजित बिरोध सभाका संयोजक समेत रहेका खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले कथित राष्ट्रीय गौरभको परियोजनामा अन्तरास्ट्रिय कानूनसमेतको बिपरित स्थानिय जनताको सहमति नभएको स्थानमा सेनाको संरक्षणमै निर्माणकार्य थालिएकोमा घोर बिरोध जनाए । रक्षाको नाममा रहेको सेनालाई गलत कार्यमा परिचालित गरि लक्डाउनको समयमा घरमा थुनियेका जनताले बिरोध जनाउंदा बन्दूक तेर्साएर यस्तो कार्य गर्न खोजेका रक्षामन्त्रीले समेत राजिनामा दिनुपर्ने उनले माग गरे । जिल्लाका जनधनको सुरक्षा गर्नुपर्ने प्रशासक पनि उल्टै प्रहरी प्रशासन जनताबिरुद्ध खटाउने नजीर बस्न थालेको बताउंदै उनले सिडियो “साहेब” परम्परामा प्रस्तुत हुने गरेको बिरोधमा उनको पनि राजिनामा माग गर्दै आफ्नो ठाउँको आफै रक्षा गर्न तयार रहेको बताए ।

“हालको कदमहरुको बिरोधमा हामी तोरीको तेलकालागि प्रसिद्ध खोकनावासीहरु यसै सुडोलमा घेरिएको तारबारसमेत हटाई असोज १९ गते तोरीखेती गर्ने घोषणा गर्दछौं । जसरी असारको रोपाईं कार्यक्रममा सबै जनताको साथ रह्यो, त्यस्तै सबैको साथ रहनेमा बिश्वाससहित सबैको साथकालागि आह्वान गर्दछौं ।” उनले भने ।यसअघि पनि तीन हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामविरुद्ध गत असार १५ गते धान रोपेर विरोध गरेका थिए भने स्थानिय र प्रहरीबीच झडप समेत भएको थियो ।

दुर्गा रामले आफु मरेर भए पनि खोकना र जात्रा बचाउन तयार

Posted by Hamro jatra on Saturday, September 12, 2020
Spread the love

Related posts

Leave a Comment