चित्लांगको कार्तिक नाच र स्वच्छन्द भैरव जात्राको अवस्था

चित्लाङ माझ गाउँमा प्रत्येक वर्ष दशैं लगत्तै कोजाग्रत पूर्णिमादेखिं ३ दिन सम्म मनाइने स्वछन्द भैरव जात्रासँगै ललितपुरबाट सारिएको आंशिक कार्तिक नाचबारे अध्यक्ष रामकृष्ण बलामीसँगको नेपालभाषामा गरिएको कुराकानी

बलामीका अनुसार पाटनमा २७ दिनसम्म हुने कार्तिक नाचका केही अंशहरु मल्लकालमै विधिपूर्वक प्रदर्शनकालागि चित्लांगमा सारिएको हो । कोजाग्रत पूर्णिमादेखि ३ दिनसम्म नचाईने गणेश, बराह, भैरव, महालक्ष्मी र कुमारीको देवनाच भने पाटन भन्दा बेग्लै देखिन्छन । तीन दिनसम्म सञ्चालन हुने अन्य नाट्य प्रस्तुतिहरुमा पनि नेपालभाषा, मैथिली, हिन्दी र खसभाषाको मिश्रण रहनाले सबै प्रकारका समुदायलाई तत्कालिन परिवेशका सन्देशमूलक मनोरञ्जन प्राप्त हुने बलामीको भनाई छ । राज्यका सम्बन्धित निकाय, गुथि संस्थानबीच समन्वय गर्ने जानकारहरुको बढ्दो कमीका कारण मल्लकालीन यो कार्तिक नाच र स्वच्छन्द भैरव जात्राको व्यवस्थापन सञ्चालन गर्न चुनौती बढ्दो गएको देखिन्छ ।

हालसम्मपनि स्वच्छन्द भैरवको पूजाआजा तथा संकल्पका कारण यहाँका बासिन्दाहरुलाई बस्तीबाहिर काम गर्न जाँदा समेत फलिफाप भएको बलामी बताउँछन । नाच सञ्चालनकालागि गुथि जग्गा रहेको बताउने बलामी आजकल स्थानिय निकायबाट न्यूनतम सहयोग बाहेक गुथि संस्थानबाट केही सहयोग नरहेको बताउँछन । संस्थान बाह्य दर्शक कोही नआए पनि सञ्चालन गर्नुपर्ने यो परम्परा सम्पन्न नगरिए अनिष्ट निम्तिने जनविश्वास रहेको पाईन्छ ।

मननयोग्य छ, यहाँ रहेको अशोक चैत्य बौद्धकालिन मानिन्छ भने २०५३ सालमा पुरातत्व विभागबाट संरक्षित गरिएको अंशुवर्मापछिका राजा उदयदेव भएको प्रमाणित एउटै मात्र शिलालेख यहाँ पाईएनाले यो प्राचिन ईतिहासदेखि स्थापित नेवाः बस्ती हो भनि दर्शाउँछ । पर्यटकीय गन्तब्यका रुपमा विकासको पर्खाइमा रहेको चित्लांग प्राकृतिक सुन्दरताले पनि भरिएको छ ।
(सहयोगः क्यामेरा, फोटोग्राफर कृतनमंगल जोशीकासाथमा संस्कृति सञ्चारकर्मी राकेश डंगोल र श्याम थाः)

https://youtu.be/mn4AyEyXf8w

Spread the love

Related posts

Leave a Comment