Arts and Crafts International Nepalbhaasha section

चीन भ्रमण अनुभव आदानप्रदान कार्यक्रम

ने.सं. ११३८ गुँलागा चर्तुदसी । आइतवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ९, २०१८
ललितपुर

अरनिको समाजको आयोजनामा चीन भ्रमण गरेका नेपालभाषाका साहित्यकारहरुको चीन भ्रमण अनुभव आदानप्रदान कार्यक्रम शनिवार कुपण्डोलस्थित प्रतिभा समाज, साटोआकी भवनमा सम्पन्न भएको छ ।

चीनियाँ कम्युनिष्ट पार्टीको आव्हानमा मिडिया, पत्रकार र साहित्यकार गरी २० जनाको टोलीले चीन भ्रमण गरेका हुन ।

चिनियाँ राजदूत यु होङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चीन भ्रमण गरेका मध्ये वरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. नर्मदेश्वर प्रधान, मिडियाकर्मी बिजय रत्न असंबरे, साहित्यकार भूषण प्रसाद श्रेष्ठ, नरेशवीर शाक्य, बंशीधर बज्राचार्य, केदार सितु र राजित बहादुर श्रेष्ठले आफ्ना अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रममा अभिव्यक्त अनुभवहरुलाई अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले महामहिम राजदूतलाई भाषा अनुवाद गर्नुभएको थियो । महामहिम यू होङले जनता आफैं आत्मनिर्भर नभइकनं देशको विकास नहुने कुरामा जोड दिएका थिए । कार्यक्रममा भएको अन्तरक्रियाको भाषानुवाद डा. श्रेष्ठले गरेका थिए।

फोटो तथा समाचार साभार ः नेवाः सूचना केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *