चौंथौं हलिं नेवा: दिवस बसन्तपुरमा सम्पन्न

११४१ चैत्र १४, काठमाडौं

४ वर्ष अगाडी लन्डनमा स्थापित भएको विश्व नेवाः संगठनको चौथौं हलिं नेवा: दिवस शनिवार काााठमाडौ बसन्तपुरमा भव्य कार्यक्रम गर्दै मनाइएको छ । गत ४ वर्षदेखि संगठनको स्थापना भएको दिनको सम्झनामा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएकोमा यस पटक नेपाल च्याप्टरको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि सोहि दिन आयोजना गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा आयोजित सो सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरु सम्मानित भएका छन ।

हालसालै दिवंगत हुनुभएका वाम चिन्तक साथै वौद्धिक व्यक्तित्व र विश्व नेवाः संगठनका केन्द्रीय संरक्षक स्वर्गीय प्रा.माणिकलाल श्रेष्ठलाई सम्झिँदै श्रद्धान्जली अर्पण गर्दै शुरु गरिएको सो कार्यक्रममा आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका र विभिन्न किसिमले नेवा: समुदायको उत्थानमा योगदान दिने व्यक्तित्वहरुलाई मेयर विद्यासुन्दर शाक्यले कदरपत्र र दोसल्ला ओढाइ सम्मानित गरेका थिए ।

कार्यक्रममा भाषा र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै लक्ष्मीदास मानन्धर र मोतिलाल शिल्पकारलाई सम्मान गरिएको थियो भने संगीत क्षेत्रबाट जनगायक भृगुराम श्रेष्ठ सम्मानित भए ।

त्यस्तै संस्कृति क्षेत्रबाट प्रा. प्रेमशान्ति तुलाधर, साहित्य क्षेत्रबाट कवि भूषणप्रसाद श्रेष्ठ, कला क्षेत्रमा राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जन सम्मानित भए ।

पत्रकारिता क्षेत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइएको थियो । त्यसैगरी स्वर्गीय गायक रमेश ताम्राकारको सम्झनामा स्थापित सम्मान गायक जुजुकाजी रंजितलाई दिइएको छ ।

सगरमाथाको उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जन पनि सोही कार्यक्रममा सम्मानित भएकी छन् ।

सोही कार्यक्रममा संगठन नेपाल च्याप्टरका संस्थापक अध्यक्ष नरेन्द्रभक्त हाडा र पुर्व अध्यक्ष पुष्कर माथेमालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन र कोषाध्यक्ष एवं समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले १९ देशहरुमा फैलिएको संगठनको महत्व र गतिविधिमाथि प्रकाश पारेका थिए । फोटो: कृतन मंगल जोशी, ईन्डेफ्टनेपाल

Spread the love

Related posts

Leave a Comment