Education Literature Municipal news Social

ताम्रकार समाजमा गुनासोविहिन महानगर बनाउने मेयरको दावी

ने. सं. ११३८ बछलाथ्व नवमी । बैशाख १२, २०७५ । अप्रिल २५, २०१८
ललितपुर

स्थानीयतहले चाहेरपनि काम गर्न नसकिरहेको अवस्थामा आवश्यक कानूनको निर्माण भए पश्चात अब जनताका आवश्यकता, चाहना, विकास, निर्माणले गतिलिने कुरा ललितपुरका महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताएका छन ।

ताम्रकार समाजको आयोजनामा भएको विभिन्न तालिम कार्यक्रमहरुको समापन, प्रमाणपत्र वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहांले सो कुरा बताउनु भएको हो ।

स्थानीय समुदाय महानगरको बलियो आधारशिला रहेको बताउँदै उनले भने, ‘नीति नियम, ऐन कानूनको अभावमा देखिएको सुस्तताले जनताका आकांक्षा अनुरुप कार्य पूरा गर्न नपाएकोमा दुख व्यक्त गर्दछु, अब उप्रान्त गुनासोको मौका दिइने छैन ।’

कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुंदै समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले जनताले अहिले सम्म स्थानीय निकायमा जनप्रतिनिधि भएको आभास नपाएको बताउनु भयो । महानगरपालिकाले स्थानीय समुदायलाई विश्वासमा लिएर अगाडी बढनुपर्ने बताउनु हुंदै स्थानीय समस्या समाधान तथा नगर विकासमा जातिय समाजहरुको सदैव साथ, समर्थन सहयोग रहने उहाँको भनाई थियो ।

उक्त अवसरमा महानगरका २४ नं. वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, प्रशिक्षकहरु राजभाई जकमी, रोशन नविन ताम्रकार, गीता क्षेत्री, समाजका शिक्षा संयोजक प्रवल ताम्रकार लगायत तालिममा सहभागीहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । समाजबाट आयोजना गरीएको प्रभावकारी वतृत्व कला तथा उदघोषण तालिम, एकाउन्टीङ्ग सफ्टवेयर ट्याली तालिममा गरी ३४ जवान प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा समाजका १३ जवान जेहन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई दुई लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *