Business and CSR Entertainment Health Municipal news Social Sports Youth & Sports

तेश्रो ताम्रकार फुटसल शूरु

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८
ललितपुर

ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिको आयोजनामा तेश्रो फुटसल प्रतियोगिता २०७५ यही भाद्र २३ गते देखि शुरु भएको छ । २०७३ सालमा प्रथम पटक आयोजित सो फुटसल प्रतियोगिता यसपटक भाद्र २३, ३० तथा असोज २ गते, शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल ग्राउण्डमा विभिन्न कम्पनीहरुले प्रायोजन गरी दश वटा टीम मैदानमा उतार्ने भएका छन् ।

सतरी भन्दा बदी खेलाडीहरुले सहभागीता जनाउने उक्त प्रतियोगिताका बिजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफीका साथै नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको लागी कलाकार केदार ताम्रकारले पितलको आकर्षक ट्रफी तयार गरी समाजलाई हस्तान्तरण गरेका छन् ।

“समाजमा भाइचारा अभिवृद्धि गर्न खेलकुद क्षेत्र एक उत्कृष्ट माध्यम भएको छ,” ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले बताए, “यस प्रतियोगितामा विभिन्न समाजका सदस्यहरुले समेत सहभागीता जनाउनुले प्रतियोगिताको महत्व अझ बढेको छ, समाजले युवाकेन्द्रित खेलकुद क्षेत्रलाई सदैव प्राथमिकतामा राखेर समय समयमा फुटबल, ब्याडमिन्टन, चेस, सडक दौड जस्ता प्रतियोगिताहरु नियमित रुपमा गर्दै आइरहेका छौं ।”

समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइ रहेको उक्त प्रतियोगितामा महिला खुल्ला तथा अण्डर १४को खेलहरु पनि खेलाउन गइरहेको उपसमितिका संयोजक सजेश ताम्रकारले बताउनु भयो । उहांले विगतको संस्करणहरुको सफलताले थप हौसला प्रदान गरेको बताउनु भयो । प्रतियोगिताका संयोजक अभिन ताम्रकारले विगतका संस्करणहरु भन्दा यस पटक अझ उत्कृष्ट हुने बताउनु भयो ।

प्रतियोगिताका लागी विभिन्न दशवटा उद्योग, कम्पनीहरुले युवा खेलाडीका टीमहरुको प्रायोजन गरेका छन् भने प्रायोजककै नामबाट टीमको नामाकरण गरिएका छन । सहभागी खेलाडीहरुलाई गोलाप्रथाद्वारा टीममा छनौट गरिएको संयोजक सजेश ताम्रकार बताउँछन । प्रतियोगिताका लागि करीब चारलाख खर्च लाग्ने बताइएको उक्त तेस्रो ताम्रकार फुटसल प्रतियोगीता २०७५ मा बि.के. सुनचाँदी पसल, करुणामय मेटल क्राफ्ट, बंगलामुखी फर्निचर, भैरवनाथ आइरण इण्डष्ट्रि, पनाच ब्युटी सैलुन, फोरेगो ट्रेडिङ्ग, ललितपुर जिल्ला खेलकुद बिकास समिति, राइट एण्ड एसोसियसन, साहिल मेटल क्राफ्ट तथा ओरियन इलेक्ट्रिकलले युवाहरुको टीम प्रायोजन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *