Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८
ललितपुर
ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन ।

विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक ठूले राईले ताम्रकार समाजको युवा परिचालनको प्रशंसा गरेका थिए । प्रतिष्पर्धालाई रुचीपूर्वक अवलोकन गरेका उनले विगतमा लागूपदार्थ दुव्यर्सन विरुद्धको अभियान सञ्चालनमा सहकार्यको स्मरण गर्दै समाजका युवाहरुलाई कुलतमा लाग्नबाट जोगाउन खेलकूद लगायत रचनात्मक गतिविधिसहित निरन्तर लागिपर्न अनुरोध गरे ।

शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलका प्रतिष्पर्धी करुणामय मेटल समूह र फोरेगो ट्रेडिङबीच भएको खेलमा निर्धारित समयसम्ममा कुनै गोल नभएपछि टाइबे्रकरमा ३–२ गोलले करुणामय मेटल समूहले विजय हासिल गरेका हुन । त्यसअघि भएको सेमीफाइनल खेलमा करुणामयले बंगलामुखी फर्निचरलाई १–० गोलले र फोरेगोले साहिल मेटल क्र्राफ्टलाई टाइबे्रकरमा ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई, समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, उपसमितिका संयोजक सजेश ताम्रकार, प्रतियोगिताका संयोजक अभिन ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । दश वटा समूहबीच भाद्र २३ गतेदेखि असोज ६ गते सम्म प्रत्येक शनिवार सानेपा स्थित फिल्ड फुटसल ग्राउण्डमा आयोजित उक्त प्रतियोगितामा दशवटा उद्योग कम्पनीहरुले सहभागी समूहो प्रायोजन गरेका थिए ।

प्रतियोगितामा साहिल मेटलका लिउसन राजकर्णिकार उच्च गोलकर्ता, फोरेगोका सानिध्य चित्रकार उत्कृष्ट गोलकिपर, फोरेगोकै सुभाषिश ताम्रकार प्रेसिडेन्सियल च्वाइस तथा करुणामयका दिनेश ताम्रकार उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफीबाट सम्मानित गरीएको थियो भने सोही दिन महिलाहरुको मैत्रीपूर्ण खेल तथा अण्डर १४ र अण्डर १०का बालबालिकाहरुबीच पनि प्रतियोगिता सम्पन्न गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *