Culture & Heritage HIstory International Provincial News Social

नेवाःताम्सालिङ प्रदेशको मागसहित २४औं विश्व आदिवासी दिवस मनाइने

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । अगष्ट ६, २०१८
मकवानपुर

नेपालमा यस पटकको २४औं विश्व आदिवासी दिवस प्रदेश ३ लाई नेवाः ताम्सालिङको नामाकरण गर्नुपर्ने माग सहित आयोजना गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौडामा ३ दिने विविध कार्यक्रमको घोषणा गरिएको छ ।

संयुक्त राष्ट्र संघले यसवर्ष विश्व आदिवासी दिवसको नारा ‘आदिवासी जनजातिको बसाँइसराई र स्थानान्तरण (क्ष्लमष्नभलयगक एभयउभिकु mष्नचबतष्यल बलम mयखझभलत)’ लाइ आत्मसात गर्दै यस वर्ष आयोजकले ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा तय गरेको छ ।

श्रावण २४ गतेको मूल दिवसलाई केन्द्रविन्दुमा राखेर नेपाल आदिवासी जनजाति महासंघ, महासंघ मातहातका प्रदेश तथा स्थानीय समन्वय परिषद्, एकल जातीय संघ÷संस्थाको आयोजना तथा संयोजनमा विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदका संयोजक काजीमान थिङ तामाङले जनाएका छन ।

सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष तिर्थ बहादुर थापा मगरले ३ दिनको कार्यक्रमहरु सार्वजनिक गरेका हुन । उनका अनुसार श्रावण २२ गते नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको आयोजनामा प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ नामकरणको माग गर्दै ¥यालिसहित कोणसभा गर्ने जनाएको छ ।

त्यसैगरि श्रावण २३ गतेका दिन आदिवासी जनजातिको मूलप्रवाहीकरण र संम्बृद्धिको गुरूयोजना तयार गर्न, प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ नामकरण गरी संविधान अनुसार नपालभाषा र तामाङ भाषालाई प्रादेशिक सरकारी कामकाजको भाषा तोक्न, विश्व आदिवासी दिवसलाई प्रदेश सरकारले मनाउने व्यवस्था गर्न र यस दिन सार्वजानिक विदा दिलाउने व्यवस्थाका साथै अन्तर्राष्ट्रिय मातृभाषा दिवस, बुद्धजयन्ती जस्ता दिवसहरुलाई प्रदेश सरकारको तहबाट मनाउने व्यवस्था गर्ने लगायतको विविध माग सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

श्रावण २४ गतेको मूल कार्यक्रममा विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली सहित पल्पसा हलमा साँस्कृतिक समारोह हुने आयोजकले जनाएका छन । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, माननीय सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन गर्नुकासाथै विभिन्न जातीय समुदायको साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिनेछ ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आएको छ भने नेपालमा आदिवासी महासंघ र महासंघसँग आबद्ध विभिन्न जातीय संघ÷संस्थाहरुले आदिवासी जनजातिको पहिचानको अधिकार स्थापित गर्ने आन्दोलनको रुपमा यसलाई मनाउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *