नेवारहरुले पूजा गर्ने लक्ष्मी

“नेवा: तयसं पूज्याइम्ह झिंखुम्ह लछमी द्य: ।
नेवारहरुले पूजा गर्ने सोह्र लक्ष्मी देवता ।” – सुनिल उलक, पोखरा

आखिर धन के हो ? यसको मापन कसरी गर्ने कसरी को कति सम्पन्न भनेर गर्ने कुनै बेला धनको रुपमा कागजी नोट तथा सिक्काको प्रचलन थिएन । तर त्यो समय कुनै वस्तुलाई सतहीको माध्यम बनाउँथे । त्यो वस्तुको संग्रह सकेसम्म धेरै गर्दथे । आज पनि हामी त्यहि नै गर्दैछौ । वास्तवमा पैसा भनेको सम्पति होइन तर यो सतहीको माध्यम हो । तपाइसंग भएको पैसा बोकेर बजारबाट तपाइलाई आबश्यक कुरा सतही गरेर ल्याउनु हुन्छ । त्यसैले अमेरिकीहरु कागजी नोटलाई बिल भन्ने गर्दछन् । नेपालमा पनि कागजी नोटमा लेखिएको हुन्छ, “नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रु … तुरन्त पाइनेछ ।” यसर्थ स्पष्ट हुन्छ कि यो कागजी टुक्रा भौचरको रुपमा तपाई बोक्दै हुनुहुन्छ । तपाईंले यसको उपयोग मुल्यमा गर्न पाउनुहुन्छ ।

दशैंको अन्तिम रात कोजाग्रत पूर्णिमाको दिनलाई बुद्धमार्गीहरु कतिपुन्हीको रुपमा महालक्ष्मीको पूजा गर्दछन् । आश्विन शुक्ल पूर्णिमा कोजाग्रतको दिन दशैंको दुर्गा पक्षको अन्तिम दिन हुने गर्छ । यसै दिन १५ दिन लामो दशैको समाप्त हुन्छ । यस पूर्णिमाको रात महालक्ष्मी पृथ्वीमा विचरण गर्ने आउने भन्ने मान्यतामा महालक्ष्मीको पूजा गरेर रातभर जाग्राम बस्ने गरिन्छ । कोजाग्रत अर्थात को जागेको छ भनेर लक्ष्मी देवीले पृथ्वीमा भ्रमण गर्ने विश्वासमा यस रात जाग्राम बस्ने गरिन्छ । साथै यसै रातबाट नै चन्द्रमाको षोडसकलाको शुभारम्म हुने हुँदा सोह्र (षोडस) लक्ष्मीको पूजा गर्ने गरिन्छ । शरद पूर्णिमाको रातलाई चन्द्रमाको सबैभन्दा सुन्दर रुप हुने विश्वास गरिन्छ । यस रातलाई हिन्दुहरु बिशेष रुपले लिने गर्दछन् । आजकै रातबाट घर बाहिर दीप बाल्ने गर्दछन् । जसलाई आकाशदीप भन्ने गरिन्छ । । आकाशदीपलाई नेवारहरु आलंमत भन्ने गर्दछन् । जसको अर्थ आकाशदीप नै हुने गर्दछ । तर बोलीचालीमा आलुमत पनि भन्ने गर्दछन् ।

आखिर आकाशदीप किन बालिन्छ भन्नेमा बिभिन्न मत छ । भारतीयहरु पनि आकाशदीप बाल्ने गर्दछन् । जसले गर्दा यो प्रचलन केवल नेवारहरुको मात्र भन्न सकिदैन । तर हामीले अन्यको तुलनामा अत्यधिक नेवारहरुले बालेको भने पाँउछौ । आकाशदीपलाई दीप दान गर्ने भनिन्छ । महालक्ष्मीको पूजन पछि घरको बाहिर तुल्सीको मठको नजिकै वा बाहिर खुला ठाँउमा लामो बाँसमा दीप बालेर झुन्ड्याउने गरिन्छ । बाहिरी हावाले दीप ननिभोस् भनेर पातलो कागजले हावा छेक्ने बनाइन्छ । अघिल्ला रातहरुमा चन्द्रमाको उज्यालोमा आकाशदीपको त्यति महत्व नदेखिए पनि बिस्तारै आउने औसीको रातमा भने यि दीपहरु निकै आकर्षक देखिन्छ । अध्यारो रातमा हिड्ने बटुवाहरुलाई अन्धकारले कठिनाइ नहुन भनेर दीप प्रज्वलन गरिएको आभास हुन्छ । रावणसंगको युद्धमा विजयी भएर फर्केका रामको सेनालाई अन्धकारमा कठिनाई नहोस् भनेर दीप प्रज्वलन गरेको देखिन्छ । विजयी राम अयोध्या पुगेको खुशियालीमा तिन दिन सम्पूर्ण घरमा दीप प्रज्वलन गरेर भव्य स्वागत गरिएको परिप्रेक्ष्यमा यो पनि सोच्न सकिन्छ ।

(तस्विर नेवारहरुले पूजा गर्ने महालक्ष्मीको हो ।)

धनलाई लक्ष्मीको रुपमा हिन्दुहरु पूजा गर्ने गर्दछन् । धनलक्ष्मी भन्ने गर्दछन् । नेपालमा हिन्दु बाहुल्य रहेको हुँदा यहाँ पनि लक्ष्मीको पूजा धुमधामले गर्ने गर्दछन् । तर यहाँ लक्ष्मी , कुन लक्ष्मीलाई गर्ने भन्नेमा प्रश्न उठ्छ । अधिकांश हामी लक्ष्मी भन्नासाथ एउटै लक्ष्मी सम्झन्छौं । तर भारतीयले झै नेवारहरु पनि षोडस लक्ष्मीको पूजा गर्दछन् भन्ने थोरैलाइ मात्र थाहा छ । लक्ष्मी सोह्र प्रकारको हुन्छ भन्ने निकै कमले जानकारी राख्दछ । जसले गर्दा लक्ष्मी पूजाको रुपमा केवल कार्तिक कृष्ण औंसीको रातमा मात्र पूजा गर्ने गर्दछन् ।

भारतीयले झै नेवारहरु पनि षोडस लक्ष्मीको पूजा गर्दछन् भन्ने थोरैलाइ मात्र थाहा छ । सोह्र लक्ष्मीको स्वरुपमा हामी १. ज्ञान २. विवेक ३. साहस र बल ४. सफलता ५. बुद्धिमान सन्तति ६. सुन तथा अन्य प्रकारको धन ७. यथेष्ठ अन्न ८. खुशी र आनन्द ९. बुद्धिमत्ता १०. सौन्दर्य र आकर्षण ११. उच्च लक्ष १२. उच्च सोच १३. ध्यान १४. नैतिकता १५. राम्रो स्वास्थ्य र १६. लामो आयु गरि सोह्र भिन्दा भिन्दै कुरा माग्दछौ ।

सोह्र कलाको स्वरुपमा पहिलो दिन पूर्णिमाको रात पूर्ण चन्द्र हुन्छ भने यसपछि प्रत्येक दिन चन्द्रमाको आकृतिमा परिवर्तन आँउछ । यसरी सोह्रौ दिनमा पुग्दा औसीको रात चन्द्रमा अदृश्य रहन्छ । यसरी सोह्र कलाको स्वरुप भएको चन्द्रसंगै सोह्र लक्ष्मी अथवा सोह्र देवीको पूजा गरिन्छ । सोह्र लक्ष्मीको स्वरुपमा हामी १. ज्ञान २. विवेक ३. साहस र बल ४. सफलता ५. बुद्धिमान सन्तति ६. सुन तथा अन्य प्रकारको धन ७. यथेष्ठ अन्न ८. खुशी र आनन्द ९. बुद्धिमत्ता १०. सौन्दर्य र आकर्षण ११. उच्च लक्ष १२. उच्च सोच १३. ध्यान १४. नैतिकता १५. राम्रो स्वास्थ्य र १६. लामो आयु गरि सोह्र भिन्दा भिन्दै कुरा माग्दछौ ।

यसरी यि सोह्र लक्ष्मीहरुमा महालक्ष्मी, सिद्धिलक्ष्मी, बुद्धलक्ष्मी, विश्वलक्ष्मी, भूवनलक्ष्मी, मन्द:लक्ष्मी, गृहलक्ष्मी, धान्यलक्ष्मी, खड्गलक्ष्मी, सन्तानलक्ष्मी, सत्यलक्ष्मी, मोक्षलक्ष्मी, प्रतिलक्ष्मी, ज्ञानलक्ष्मी, राज्यलक्ष्मी तथा धनलक्ष्मी हुन् ।

सोह्र लक्ष्मीको पूजनको अन्तिम दिन नेवारहरुले पूजा गर्ने लक्ष्मी अन्यले पूजा गर्ने लक्ष्मीसंग मिल्दैन । नेवारहरुले पूजा गर्ने लक्ष्मी स्थानिय चित्रकारहरुले कागजमा बनाएको चित्रमा पूजा गर्नछन् । मुर्तिमा पूजा गर्दैनन् । चार हात भएको पद्मासनमा बसेको लक्ष्मीको एक पाउ कछुवाको जिउमा टेकेको हुन्छ । अर्थात नेवारहरुले पूजा गर्ने लक्ष्मीको बाहन कछुवा हो । कछुवा सुस्त जीवमा पर्दछ साथै सहनशिल प्राणी पनि भनिन्छ । यसर्थ धन खर्चिदा कछुवाको चालमा बिस्तारै खर्चिनु पर्छ भन्ने सन्देश दिन्छ । दाँया हातमा ज्वालान्याहक र बाँया हातमा सिन्हमू बोकेको हुन्छ । यो दुवै सामग्री नेवारहरुको कुनै पनि कार्यक्रममा आबश्यक मानिन्छ । अन्य दुइ हात भने अभय र वर मुद्रामा हुने गर्दछ । साथै लक्ष्मीको दाँयावाँया कुवेर र ख्याक बसेको हुन्छ । कुवेरलाई धनसम्पतिको मालिक र ख्याकलाई धनसम्पतिको रक्षकको रुपमा लिइन्छ । रातो वर्णको लक्ष्मी महर्षिमर्दिनी हुन् । महिषासुरको बध गर्दा उग्र रुप धारण गर्ने महर्षिमर्दिनीलाई नै नेवारहरु महालक्ष्मीको रुपमा पूज्ने गर्दछन् । यसर्थ नेवारहरु लक्ष्मीको पूजा गर्दा राँगाको मासुको छ्वेयला अण्डा समयवजी तथा रक्सी र जाँड पनि चढाउने गर्दछन् ।

लक्ष्मी पूजासंगै नेवारहरुको स्वन्ति नख:को पनि शुरुवात हुन्छ । स्वन्ति भन्नाले तीन दिनसम्म मनाइने पर्व भएको हुँदा स्वन्ति भनिएको हो । नेवारहरु यमपञ्चक मनाउने गर्दैनन् । केवल तीन दिन स्वन्ति नख: मनाउने गर्दछन् । लक्ष्मी पूजाको दिन वर्षको अन्तिम दिन भएको हुँदा ब्यापारिक खाताको पनि अन्तिम दिन हुने गर्दछ । भोलिपल्ट कछलाथ्व प्रतिपदाको दिनबाट नयाँ वर्ष मनाउने गर्दछन् । यसै दिन नेवारहरु म्ह पूजा गर्ने गर्दछन् । नयाँ वर्षमा नयाँ उमंग र सफलताले भरिएको होस भनेर शरिर तथा आत्मा पूजा गर्ने गरिन्छ । म्ह पूजाको भोलिपल्ट भने दिदीबहिनीहरु दाजुभाइको पूजा गरेर किजा पूजा मनाउँछन् । यसरी तिहारको तीन दिन हर्षोल्लाससंग मनाउने गर्दछन् ।

लेखक सुनिल उलक पोखरा निवासी “जगन्नाथ उलक स्मृति कोषका अध्यक्ष हुन।

Spread the love

Related posts

Leave a Comment