Arts and Crafts Culture & Heritage Education HIstory Literature

पालि–नेपालभाषा शब्दकोष बिमोचित

ने.सं. ११३८ बछलागा पंचमी ।२०७५ बैशाख २२ । मे ५, २०१८
ललितपुर

वीर–पूर्ण पुस्तकालयको आयोजनामा शनिवार एक विशेष कार्यक्रमबीच पालि–नेपालभाषा शब्दकोष बिमोचन गरिएको छ ।

उक्त शब्दकोषको प्रमुख अतिथीका रुपमा ञानपूर्ण महास्थवीर, विशेष अतिथीका रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र विशेष अतिथी वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले संयुक्त रुपमां बिमोचन गरेका हुन ।

शब्दकोष चर्चित बौद्ध लेखक दुण्डबहादुर बज्राचार्यको प्रमुख सम्पादनमा तयार गरिएको हो । ञानपूर्ण महास्थवीरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पालि–नेपालभाषा शब्दकोष विनयपिटकको महावग्ग र अभिधम्मपिटकको यमक ग्रन्थ पनि बिमोचित गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य अनुरत्न बज्राचार्यले दिएका थिए भने अतिथीका रुपमा ञानपुणिक महास्थवीर, चन्द्रगुप्त महास्थवीर, रत्नकर विहारका आःजु सिद्धिरत्न बज्राचायको पनि उपस्थिति रहेको थियो ।

बिमोचित शब्दकोषबारे ञानपुणिक महास्थवीर व गुरुमां विमला यानिले आफ्ना धारणा राखेका थिए भने शब्दकोषका प्रधान सम्पादक दुण्डबहादुर बज्राचार्यले सो शब्दकोषको महत्व र उपयोगिताया बारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *