फर्पिंगको हरिशंकर जात्रा मा झंकेश्वरीको माहात्म्य भाग १

  • Badri Nath Kayastha

.फर्पिंगको हरिशंकर जात्रा धेरै बर्ष पहिले हेर्ने मौका पाएको थिए । हालसाल हेर्न पाएको छैन । यस्पाली त झन कोरोनावायरस ले कसैलाइ पनि बाटोघाटो नै दिएन । त्यसैले सोही जात्रा को सम्झनामा मलाई लागेको दुई चार कुराहरु लेख्दैछु ।

१. सबभन्दा पहिले यो जात्रा को आधार हेर्दा यी पॉच कुराको याद आउंछ ।
१.१. यस क्षेत्रमा अबस्थित गोपालेश्वर शिवलिंग जस्ले यो देखाउंछ कि यस स्वयम्भू लिंग मा गोपाल आएर पूजा आराधना गरेर बरदान प्राप्त गरेका थिए । यहॉ कृष्ण गोपाल रुपमा गोपालहरु साथ लिएर बाणासुरबाट आफ्नु नाति अनिरुद्ध लाई छुटाउन आएका थिए ।
१.२. यस क्षेत्र मा शिखर नारायणले बास गरेको छ ।
१.३. यस क्षेत्र मा अबस्थित कृष्ण गोपाल र गोपालेश्वर शिवलिंग ले दुबै को उपस्थिति जनाएको छ ।
१.४. यस क्षेत्र मा संचालित जात्रा पनि दुबै हरि शेख नारायण ( यहॉ कृष्ण गोपाल ) र शंकर ( यहॉ गोपालेश्वर ) को नामबाट संचालित भएको छ ।
१.५. यस क्षेत्र मा दश महाबिद्याको रुपमा झंकेश्वरी माई को उपस्थिति रहेको छ ।

२. यस क्षेत्र मा परापूर्ब कालमा कृष्ण र बाणासुरको युद्ध भएको किम्बदन्तिहरु सुन्नमा आउंछ ।
२.१. किम्बदन्ति अनुसार शोणितपुर हालको थानकोट क्षेत्र मा बाणासुरले राज्य गर्दथ्यो ।बाणासुर शिव भक्त थिए र शिवजीबाट ठूलो बरदान प्राप्त गरेर शक्तिमान भएर सबैलाई जितेर राज्य गरेर बसेका थिए ।
२.२. बाणासुरका एक पुत्री थिइन जस्को नाम उषा थियो । बाणासुरले उषालाई शिक्षा को लागि पार्वती कहॉ राखेको थियो । एक दिन बिबाहको कुरा चल्दा पार्वती ले उषालाई सपनामा एक राजकुमार आउनेछन् । तिम्रो बिबाह उसैसंग हुनेछ । एक दिन उषाले सपनामा अनिरुद्ध देखेछन् । साथी चित्त्रलेखा को मद्दतबाट उषा र अनिरुद्ध को भेट भयो र गान्धर्व बिबाह गरेर बसे ।
२.३. बाणासुरले सो कुरा थाहा पाएर अनिरुद्ध लाई नागपासले बॉढेर जेलमा राखेछन् । सो कुरा नारदले कृष्णलाई भनेछन् ।
२.४. सो कुरा कृष्ण ले थाहा पाएपछि राजा उग्रसेनको सभामा गएर नारदले सुनाएको कुरा भने । यो सबै कुराहरु सुनेर कृष्ण बलराम र राजा उग्रसेनले युद्ध गर्ने निर्णय गरेर आफ्नु फौजलाई तैयार हुन आग्रह गर्दै शोणितपुरमा गएर बाणासुरको फौजलाई संहार गरेर अनिरुद्ध लाई साथमा लिएर आउने काम गर भने
२.५. राजाको आज्ञा पाएर सबै सेनाहरु युद्ध गर्न उत्साहित भए भने उता कृष्ण ले आफ्नु दाज्यु बलरामलाई सबै फौजलाई साथमा लिएर शोणितपुर जान भने ।कृष्ण र प्रद्दुम्न गरुड़मा चढेर शोणितपुर गए ।

३. युद्ध को तैयारीका साथ बलराम फ़ौज लिएर बाणासुरको राज्यको किल्ला भडकाएर शोणितपुर प्रबेश गर्न लागेको बेलामा कृष्ण र प्रद्युम्न पनि त्यहॉ त्यहॉ आईपुगे ।
३.१. यसरी फौजलाई लिएर चारैतिर बाट घेरेर प्रबेश गर्न लागेको देखेर बाणासुरको चौकिदारहरुले तुरुन्त खबर गरे । यो खबर पाएपछि बाणासुरले आफ्नु सैनिकहरु बोलाउन पठाएर आज्ञागरे ।तिमीहरु सबै सुरवीरहरु मिलेर कृष्ण र बलराम संग युद्ध गर्न जाउ भनेर आज्ञागरे ।
३.२. उता बाणासुर आफ्नु आराध्यदेव महादेव को पूजा गरेर भक्ति भावले ध्यान गरेर बसे । त्यो देखेर महादेवले यो मेरो भक्त हो त्यस्कारण यस्लाई उद्धार गर्नु पर्यो साथै यस्को अहंकार पनि हटाउनु पर्यो भनेर महादेव पनि युद्ध भूमिमा उत्रिए ।
३.३. महादेव यसरी जट्टालाई मुकुट बनाएर, चन्द्रकलाबाट शिर सोभायमान पारेर, कोटि सूर्यको तेज निकालेर, शान्त मूर्ति भएर , हातमा त्रिशूल डम्बरु लिएर, बाघको छाला कम्मरमा बेरेर, शरीरमा बिभूति डलेर, मुण्डमाला पहिरिएर, बिष भॉग धतुरो खाएर, आँखा रातो रातो पारेर, भूत प्रेत पिसाचहरु र गणहरु साथ लिएर आएको देखेर बाणासुर प्रसन्न भएर हात जोडेर बिन्ति गरे ।
३.४. हे त्रैलोक्यनाथ यस्तो संकटमा तपाई बाहेक अरु कोही छैन मेरो उद्धार गर्ने र रक्षा गर्ने । हे प्रभु तपाईको सामुन्य यी यदुवंशीहरुले मलाई केही गर्न सक्तैनन् ।
३.५ यसरी महादेव कृष्ण को अगाडि बाणासुर को पक्षबाट युद्ध गर्न तैयार भए । दुबै तर्फबाट अनेक अनेक बाजाहरु बजाएर दुबै तर्फका सेनाहरु युद्ध गर्न तैयार भएर दुबै तरफबाट शस्त्र अस्त्रहरु प्रयोग गर्न तैयार भए ।

४. त्यस रणसंग्राम बारेमा चारैतिर हो-हल्ला मचियो । सबै जना तर्सिए । धेरै समय सम्म यो युद्ध चलिरहेको थियो ।
४.१. महादेव र कृष्ण बिचमा सामान्य युद्ध जारी रह्यो । कहिले शिवजी द्वारा कृष्ण को बाणहरु तोड्ने कहिले कृष्ण द्वारा शिवजीको बाणहरु तोड्ने प्रकृया जारी रह्यो ।त्यस्पछि शिवजीले ब्रह्मास्त्र प्रहार गरे कृष्ण ले शान्त पारे । शिवजी द्वारा वायुअस्त्र प्रहार गरे कृष्ण ले साम्य पारे । शिवजीबाट अग्निबाण प्रहार गरे कृष्ण ले झम झम पानी पारेर अग्निलाई साम्य पारे । त्यसरीनै कृष्ण ले अग्निबाण , आलस्यबाण, आदि बाणासुर को फौजलाई ताकेर प्रहार गरे । त्यस्लाई शिवजी द्वारा साम्य पारे ।
४.२. त्यस्पछि शिवजी रिसाएर बिषमज्वर छोडिदिए । यस्ले कृष्ण को फौजलाई ज्वरोले छोपेर सबै अचेतावस्था मा पुगेर ठाउं ठाउंमा लडेर, ज्वरले पोलेर हाहाकार मचाएर बच्ने सामर्थ्य नभएर अचेत भएर सुतेर बसे । यो देखेर बलराम अत्यन्त क्रोधित भएर बिषमज्वर संग युद्ध गरे । बलराम र बिषमज्वर बिच ठूलो युद्ध भयो । पछि ज्वरले पोलेर बलराम कमजोर भएर कृष्ण लाई प्राण रक्षा गर भनेर कृष्ण कै अगाडि आएर बलराम पल्टेर अचेत भएर बसेको देखे ।
४.३. यसरी बिषमज्वर बाट पीडा सहन नसकि सबै कृष्ण लाई पुकारा गरेको सुनेर कृष्ण अत्यन्त क्रोधित भएर आफ्नु सितांग ज्वर धनुषमा चढाएर बाणले हानेर छोडिदिए ।
४.४. सितांग ज्वर र बिषमज्वर बिच ठूलो युद्ध भयो । अन्तमा सितांग ज्वरले बिषमज्वर लाई जितेर सितांग ज्वरको चोट सहन नसकेर बिषमज्वर त्यहॉबाट भागेर शिवजीको शरणमा पुगे । तर शिवजी ले शरणमा लिनु भएन । कृष्ण को शरणमा जाउ तिम्रो रक्षा हुनेछ भनेर कृष्ण कहॉ माफी माग्न पठाए । त्यस्पछि कृष्ण ले सितांग ज्वरलाई फिर्ता लिएर शान्त सितल भएर साम्य गराए ।
४.५. यसरी दुबै ज्वरहरु शान्त भएपछि दुबै ले कृष्ण र महादेवलाइ सम्झना गरेर स्तुति गर्दा मनुष्यहरु लाई यी दुबै ज्वरको कुनै डरभर हुनेछैन भनेर बिन्ति गरे । यसरी सितांगज्वर कृष्ण मा लिन भए । बिषमज्वर कृष्ण संग बिदा लिएर शिवजीको सामुन्ने पुगेर यी सबै बृत्तान्त सुनाए । यो सुनेर भोलानाथ प्रसन्न भएर बिषमज्वर लाई आफुमा लिन गराए ।

५. तर सितांग ज्वर ( सारंग ज्वर ) ले पोलेर आफु अचेत भएर बस्नु पर्दा बाणासुर लाई आफ्नु हालात देखेर महादेव संग सहयोग र कृपा पाउन एक प्रिय भक्तको रुपमा बिन्ति गरे ।
५.१. बाणासुर को बिन्ति सुनेर महादेव अत्यन्त क्रोधित भएर आफ्नु पिनाक धनुष लिएर युद्ध गर्न तैयार भए । अनि काल रुद्र भएर कृष्ण लाई लक्षित गरेर जगत संसार भष्म गर्ने संहारास्त्र प्रयोग गर्न तैयार भए ।
५.२. यस्तो महादेवले क्रोधित भएर अगाडि आएर संहारास्त्र पिनाक धनुषमा चढाएर प्रयोग गर्न लागेको देखेर कृष्णले पनि आफ्नु सारंग धनुष लिएर तॉडोमा चढाएर सुदर्शन चक्रलाई महादेव र बाणासुरलाई लक्षित गरेर सबैलाई सिध्याएर फर्केर आउन आज्ञा गर्दै सुदर्शन चक्र को प्रयोग गर्न लागे ।
५.३. महादेव र कृष्ण बिचमा रिसारिस भएर यस्तो संसारै ध्वस्त गर्ने शस्त्रहरुको प्रयोग हुन लागेको देखेर जगतमा त्राही त्राही मच्चियो र सबै देवताहरु आदिशक्ति श्री झंके़श्वरी ( छिन्नमस्ता ) को शक्ति पीठमा गएर पुकारा गरे ।
५.४. फर्पिंगको हरिशंकर जात्रा यही कुरा लाई दर्शाउन प्रस्तुति भएको पाईन्छ । त्यस्बेला यी दुई शस्त्रहरुको प्रयोगबाट जगत संसारको बेहाल हुने र धेरै को नोक्सान हुने देखेर अब नहुने कुरा हुन लाग्यो भनेर त्राही त्राही भएर सबै झंकेश्वरीको शरणमा आएको देखिन्छ ।
५.५. झंकेश्वरी माईको पहलमा गोपालेश्वर महादेव र कृष्ण ( शिखर नारायण ) लाई साथमा ल्याएर दुबै लाई साम्य पारेर सम्झौता गरेर जात्रा चलाएको भान हुन्छ । यस्मा गल्ति भएमा माफि पाउं र सुधार पनि गरि पाउं ।
५.६. फर्पिंगको हरिशंकर जात्रा मा गोपालेश्वर महादेव र शिखर (शेख़ ) नारायण को रथहरु बाहेक अन्य पॉच वटा रथहरु ( खटहरु ) रहन्छन् । ती हुन् :-
१. कोछु टोलमा अजिमाद्य: को रथ
२. टिपी टोलमा दक्षिण काली ( चामुण्डा) को रथ
३. धल्खु टोलमा नील बाराहीको रथ
४. यलखु टोलमा ईन्द्रायणीको रथ
५. कोटेप टोलमा महालक्ष्मी को रथ

तर अजिमा द्य: को रथमा ब्रह्मायणी, माहेश्वरी, कौमारी र बैष्णबी चार अष्ट मातृकाहरु र अन्य चारमा बाराही , ईन्द्रायणी , चामुण्डा, र महालक्ष्मी गरेर अष्ट मातृकाहरु हुन् भन्ने भान हुन्छ । यो जात्रा भाद्र महिनाको शुक्ल पक्ष द्वादशी को दिन देखि आश्विन कृष्ण पक्ष एकादशी को दिनमा मूल जात्रा गरेर प्रत्येक बर्षमा यो हरिशंकर जात्रा सम्पन्न गरिन्छ । यस जात्रा को बारेमा भाग २ मा चर्चा गरिने छ ।

Photos:https://www.facebook.com/badrinath.kayastha.5?cft[0]=AZWCUYTi5M30KKcLd–5Wh91QXywOcoWr0PC12Qudu1voSqaZd3pQy6CJEjILOMs0GCelwXD388br5tkqj-mxJ3TzID3kFtnd2l6RinmWGdXPcias7iuAHLOnb0y4iBkD_gvAd4akduQ6pwZepPDqiTIa5rPJ7pLDf2LxC4eikcE896rq87u4G4FihTaxN5QMwM&tn=-UC%2CP-y-R

Spread the love

Related posts

Leave a Comment