बिविध बिधाका ४ पत्रकारहरु सम्मानित

मंसीर १८, ललितपुर
पत्रकारिताको बिविध क्षेत्रमा क्रियाशील रहेका चार जना पत्रकारहरुलाई सम्मानित गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको जन्मस्थल सप्तपुर महाबिहार चिकंबहीमा आयोजित सो सभामा २० हजार रुपैयाँ राशीको पोखराका पत्रकार उदयबहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, १५ हजार राशीको कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी १२ हजार रुपैयाँ राशी रहेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार बोधि टेलिभिजनका पत्रकार विमला शाक्य र १० हजार रुपैया राशी रहेको बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटो पत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरिएको छ।

दबूले पैरवी गर्दै आएको प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको जन्मस्थल सप्तपुर महाबिहार चिकंबहीमा आयोजित नवौं दबूको नवौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाले उनको ऐतिहासिक पृष्ठभूमीका साथै दबूको उद्धेश्य अनुरूप नेपालभाषा, संस्कृति र सभ्यताको स्थानिय मूर्त अमूर्त सम्पदा संरक्षणमा पनि टेवा पुग्ने बिश्वास रहेको अध्यक्ष सुरजबीर बज्राचार्यले जनाएका छन ।

सम्मानित संचारकर्मीहरुलाई सम्बन्धित पुरस्कार दाताहरुले नगद प्रदान गरेका थिए भने नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले दोसल्ला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ले प्रमाण पत्र प्रदान गरे । सो स्थानमा स्थापित धर्मादित्य धर्माचार्यको मुर्तीका निर्माता मनोज शाक्यलाई पनि कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताएका छन । दबूले पैरवी गर्दै आएका नेपालकै प्रथम मातृभाषा पत्रकार र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई नभै सत्य नारायण श्रेष्ठलाई स्थापित गर्नु पर्ने पक्षमा आफ्नो तर्फबाट पहलकदमी रहने बताउँदै मन्त्री श्रेष्ठले इन्डो आर्यन र तिबेटो बर्मेली भाषाका सबै अटाउने नेवा: भाषा र सभ्यताको समाजको महत्वमाथि ऐतिहासिक तथ्य उजागर गरेका थिए । उनले सभ्य समाज र संघिय राज्यको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा पनि जोड दिए ।

साधारण सभा र बन्द सत्रमा उठेका बिषय समेटेर दबूले १० बुँदे घोषणापत्र पनि जारी गरेको थियो । घोष्णापत्रमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ।’ 

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्य, Slot Online आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्कृति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गरे ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो सभामा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्नेमा जोड दिए ।

Spread the love

Related posts