बुंगद्यःको भव्य स्वागत

भाद्र २९, सोमवार ।

सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)लाई बुंगमतीमा भव्य स्वागत गरिएको छ।

सम्भवत: दुईवटा मन्दिरमा रहने एउटै देवता संसारमै छैन होला । सताब्दियौं पुरानो जीवन्त इतिहास बोकेका यी सहकालका देवता लगभग ६ महिना पाटनको मन्दिरमा र शरद्काल सहित बाँकी समय बुंगमतिको मंदिरमा वास गर्दछन ।

बर्षेनी जावलाखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो प्रदर्शन सकिने बित्तिकै समापन हुने बुंगद्यःलाई बुंगमतिमा फर्काइन्छ। यसपटक भने कोभिड महामारीका कारण अनिर्णयको बन्दी र १८ गतेको घटना पश्चात पुल्चोकमा सांकेतिक रूपमा टुंगाईएको रथयात्रा अनि इतिहासमै पहिलो पटक भोटोजात्रा पनि राष्ट्रप्रमुखको सहभागिता बिना नै समापन गराइएको छ ।

पुल्चोकमा राखिएको सो रथबाट खटमा बिराजमान गराई बुंगमतिमा लैजाने परम्परा अनुसार बुंगमतिका स्थानिय युवा तथा बृद्धबृद्धाहरुसमेत छ्वालीको राँको बाली बाजा बजाउँदै पैदल यात्रामा सहभागी भएका थिए । बाटो हेरिरहेका स्थानियहरुले पनि छ्वाली बालेर बसेका देखिन्थे ।

भाषा संस्कृतिको अध्ययेता एवं वरिष्ठ संचारकर्मी सुरेशकिरण मानन्धरका अनुसार सयौंमा उपस्थित भक्तालुहरु यसरी “सवा लाख छ्वाली च्याकेगु” परम्परा अनुसार देवता लिएर जाँदा बुंगमतीका स्थानीयहरुले बुंगद्यःलाई बाटोभरि गाली गर्दै लैजाने चलन रहेको बताउँछन । उनले लेखेका छन –
“धेरै दिनसम्म घरबाट टाढा गएको, युवतीहरूसँग लसपस गरेको, बाहिर जथाभावी खाएको आदि भन्दै “भौ ब्वःबिइगु चलन” अनुसार उनलाई गाली गर्ने रहेछन् । बुंगमती पुगेपछि पनि उनलाई एकैचोटि मन्दिरमा विराजमान गराउँदैनन् । उनलाई अर्कै एउटा कोठामा चार दिनसम्म राखेर विशेष पूजाआजा गरिन्छ । उक्त समयमा उनको सार्वजनिक दर्शन पनि वर्जित हुन्छ । धेरै दिनसम्म बाहिर बसी विभिन्न मानिसको पूजा ग्रहण गरेको, विभिन्न मानिसलाई छोएको आदि कारणले गर्दा अशुद्ध मानी बुंगद्यःलाई चार दिनसम्म छुट्टै राख्ने यो विधिलाई हालको भाषामा ‘क्वारेन्टिनमा राखेको’ भन्न सकिन्छ । चार दिनपछि उनी शुद्ध भएको मानिन्छ र त्यसपछि मात्रै मन्दिरमा विराजमान गराइन्छ ।”

त्यस्तै नेवा: पत्रकार राष्ट्रीय दबूका केन्द्रीय निवर्तमान अध्यक्ष समेत रहेका अर्का संंचारकर्मी एवं नेवा: अभियन्ता श्रीकृष्ण महर्जनका अनुसार –
भोटोजात्रा लगत्तै बुंग:द्यो (रातो मच्छिन्द्रनाथ) जात्रा समापन भएको मानिन्छ। तर बास्तवमा रथजात्रा सकिएपनि द्य:ख: (खट) जात्रा भने बिशेष ढंगले मनाउने चलन जोडिएको छ त्यो पनि भोटो देखाउने जात्राकै सांझमा । सामान्यतया जावलाख्य: देखि खट्मा बोकी पैदल बुंगमतिसम्म पैदल यात्रामा त्यहाँका स्थानियहरुले सवा लाख छ्वाली बालेर बाटो हेर्ने चलन छ।यसरी हुने खट जात्राका समयमा ८ जना पानेजु बाहेक अन्यले खट बोक्न पाइन्न र दाँयाबायाका मानिसले पनि उनीहरुलाई छुन हुन्न । अघिल्तिर गुरुजुया पल्टन (शाही पल्टन) त्यसपछि ग्वाःपाःलाः अर्थात बज्राचार्य गुरुजुले ज्वाला न्ह्याय्कं, बज्र एक हातमा अनि घण्ट अर्को हातले बजाउदै बढ्छन । बुंगद्यः मूर्ति रहेको खटको दाँयाबाँया पाटन त:बहा: मन्दिरका गुठियारले “च्वाम्वल” हम्काउदै र अन्य २ पानेजुले खटमा रहेको घण्ट बजाउंदै हिड्छन । यात्राभरि यो खट निश्चित स्थानमा मात्र बिश्राम गराइन्छ जथाभावी गरिन्न । यसरी यो यात्रामा बुंगमति बाहेक ललितपुर, थिमि, भक्तपुर लगायतका अन्य भक्तजनहरुले मूस्या: ( चिराग ) र धूप बालेर पछि लाग्ने गर्छन ।

बुंगद्यःलाई भित्राउने चलन:बुंगमति प्रवेशकालागि खट दक्षिणतर्फ ईखाय् भन्ने स्थान पुगेपछि त्यहाँका पानेजुको जहान पानेजु नकिं ले नै दुबैतिर त्वा: देवा र सुकुन्दा बालेर नेवा: संस्कृति अनुसार दुलही सरह बिधिपूर्वक स्वागत गरि भित्राउँछन । त्यसपछि पानेजु र नकिं मात्र सहभागी भएर बिशेष पूजा “कीग: तनेगु” सम्पन्न गरिन्छ ।

प्यन्हु बिचाः वनीगु
यसरी देवता भित्राएको अर्थात भोटोजात्रा सकिएको ४ दिनपछि देवता मन्दिरमा विराजमान गरेको दिन ‘प्यन्हु बिचाः’ जाने भनी उपत्यकाभरिका भक्तजनहरु बाजागाजा सहित बुंगमती पुग्छन् । उक्त दिन त्यहाँ मेला नै लाग्ने गर्छ ।

वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज बुंगमती फिर्ता लगिएको छ। बुंगम

बुंगद्यःको भव्य स्वागतभाद्र २९, सोमवार । सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)लाई बुंगमतीमा भव्य स्वागत गरिएको छ। सम्भवत: दुईवटा मन्दिरमा रहने एउटै देवता संसारमै छैन होला । सताब्दियौं पुरानो जीवन्त इतिहास बोकेका यी सहकालका देवता लगभग ६ महिना पाटनको मन्दिरमा र शरद्काल सहित बाँकी समय बुंगमतिको मंदिरमा वास गर्दछन । बर्षेनी जावलाखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो प्रदर्शन सकिने बित्तिकै समापन हुने बुंगद्यःलाई बुंगमतिमा फर्काइन्छ। यसपटक भने कोभिड महामारीका कारण अनिर्णयको बन्दी र १८ गतेको घटना पश्चात पुल्चोकमा सांकेतिक रूपमा टुंगाईएको रथयात्रा अनि इतिहासमै पहिलो पटक भोटोजात्रा पनि राष्ट्रप्रमुखको सहभागिता बिना नै समापन गराइएको छ । पुल्चोकमा राखिएको सो रथबाट खटमा बिराजमान गराई बुंगमतिमा लैजाने परम्परा अनुसार बुंगमतिका स्थानिय युवा तथा बृद्धबृद्धाहरुसमेत छ्वालीको राँको बाली बाजा बजाउँदै पैदल यात्रामा सहभागी भएका थिए । बाटो हेरिरहेका स्थानियहरुले पनि छ्वाली बालेर बसेका देखिन्थे । भाषा संस्कृतिको अध्ययन एवं वरिष्ठ संचारकर्मी सुरेशकिरण मानन्धरका अनुसार सयौंमा उपस्थित भक्तालुहरु यसरी "सवा लाख छ्वाली च्याकेगु" परम्परा अनुसार देवता लिएर जाँदा बुंगमतीका स्थानीयहरुले बुंगद्यःलाई बाटोभरि गाली गर्दै लैजाने चलन रहेको बताउँछन । उनले लेखेका छन – "धेरै दिनसम्म घरबाट टाढा गएको, युवतीहरूसँग लसपस गरेको, बाहिर जथाभावी खाएको आदि भन्दै "भौ ब्वःबिइगु चलन" अनुसार उनलाई गाली गर्ने रहेछन् । बुंगमती पुगेपछि पनि उनलाई एकैचोटि मन्दिरमा विराजमान गराउँदैनन् । उनलाई अर्कै एउटा कोठामा चार दिनसम्म राखेर विशेष पूजाआजा गरिन्छ । उक्त समयमा उनको सार्वजनिक दर्शन पनि वर्जित हुन्छ । धेरै दिनसम्म बाहिर बसी विभिन्न मानिसको पूजा ग्रहण गरेको, विभिन्न मानिसलाई छोएको आदि कारणले गर्दा अशुद्ध मानी बुंगद्यःलाई चार दिनसम्म छुट्टै राख्ने यो विधिलाई हालको भाषामा ‘क्वारेन्टिनमा राखेको’ भन्न सकिन्छ । चार दिनपछि उनी शुद्ध भएको मानिन्छ र त्यसपछि मात्रै मन्दिरमा विराजमान गराइन्छ ।" त्यस्तै नेवा: पत्रकार राष्ट्रीय दबूका केन्द्रीय निवर्तमान अध्यक्ष समेत रहेका अर्का संंचारकर्मी एवं नेवा: अभियन्ता श्रीकृष्ण महर्जनका अनुसार – भोटोजात्रा लगत्तै बुंग:द्यो (रातो मच्छिन्द्रनाथ) जात्रा समापन भएको मानिन्छ। तर बास्तवमा रथजात्रा सकिएपनि द्य:ख: (खट) जात्रा भने बिशेष ढंगले मनाउने चलन जोडिएको छ त्यो पनि भोटो देखाउने जात्राकै सांझमा । सामान्यतया जावलाख्य: देखि खट्मा बोकी पैदल बुंगमतिसम्म पैदल यात्रामा त्यहाँका स्थानियहरुले सवा लाख छ्वाली बालेर बाटो हेर्ने चलन छ।यसरी हुने खट जात्राका समयमा ८ जना पानेजु बाहेक अन्यले खट बोक्न पाइन्न र दाँयाबायाका मानिसले पनि उनीहरुलाई छुन हुन्न ।अघिल्तिर गुरुजुया पल्टन (शाही पल्टन) त्यसपछि ग्वाःपाःलाः अर्थात बज्राचार्य गुरुजुले ज्वाला न्ह्याय्कं, बज्र एक हातमा अनि घण्ट अर्को हातले बजाउदै बढ्छन । बुंगद्यः मूर्ति रहेको खटको दाँयाबाँया पाटन त:बहा: मन्दिरका गुठियारले "च्वाम्वल" हम्काउदै र अन्य २ पानेजुले खटमा रहेको घण्ट बजाउंदै हिड्छन । यात्राभरि यो खट निश्चित स्थानमा मात्र बिश्राम गराइन्छ जथाभावी गरिन्न । यसरी यो यात्रामा बुंगमति बाहेक ललितपुर, थिमि, भक्तपुर लगायतका अन्य भक्तजनहरुले मूस्या: ( चिराग ) र धूप बालेर पछि लाग्ने गर्छन । बुंगद्यःलाई भित्राउने चलन:बुंगमति प्रवेशकालागि खट दक्षिणतर्फ ईखाय् भन्ने स्थान पुगेपछि त्यहाँका पानेजुको जहान पानेजु नकिं ले नै दुबैतिर त्वा: देवा र सुकुन्दा बालेर नेवा: संस्कृति अनुसार दुलही सरह बिधिपूर्वक स्वागत गरि भित्राउँछन । त्यसपछि पानेजु र नकिं मात्र सहभागी भएर बिशेष पूजा "कीग: तनेगु" सम्पन्न गरिन्छ ।प्यन्हु बिचाः वनीगुयसरी देवता भित्राएको अर्थात भोटोजात्रा सकिएको ४ दिनपछि देवता मन्दिरमा विराजमान गरेको दिन ‘प्यन्हु बिचाः’ जाने भनी उपत्यकाभरिका भक्तजनहरु बाजागाजा सहित बुंगमती पुग्छन् । उक्त दिन त्यहाँ मेला नै लाग्ने गर्छ ।

Posted by In Depth Nepal Pvt. Ltd. on Monday, September 14, 2020
Spread the love

Related posts

Leave a Comment