Culture & Heritage Education HIstory Municipal news National Nepalbhaasha section Provincial News Social

मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु

ने. सं. ११३९ बछलाथ्व त्रयोदशी, शुक्रवाः । २०७६ जेठ ३ । १७ मई २०१९
ललितपुर

मातृभाषाको समग्र विकास र चार वर्ष देखि निरन्तर मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको नेवाः पत्रकार राष्टिय दबूले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु रहनेमा जोड दिएका छन ।

नेपाल भाषाको पत्रकारिता शुरुआत भएको ९४ वर्ष पुगेको सन्र्दर्भमा शुक्रबार ललितपुर महानगरपालिका बाहिर नवनिर्मित उद्यानमा चौथों मातृभाषा पत्रकारिता दिवस मनाउने क्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

आगामी शैक्षिक सत्रमा नेपालभाषा स्कूल सञ्चालनको प्रतिवद्धता

नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले यसपटक मां भाय् पुचःको संयुक्त आयोजना र पत्रकार दबू ललितपुर शाखाको व्यवस्थानपनमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथीका रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्र आगामी शैक्षिक सत्रमा २ वटा नेपालभाषा बिद्यालय सञ्चालनकालागि गृहकार्य भैरहेको बताए ।

मातृभाषा संरक्षणकालागि संविधान प्रदत्त अनुशुचि ८मा व्यवस्था गरिएको स्थानिय सरकारको शिक्षा व्यवस्था सम्बन्धि अधिकार पुनः खोस्ने सम्भावना रहेको तर्फ ध्यानाकर्षण गराउँदै मेयर महर्जनले सबैलाई सचेत रहन अनुरोध गरे । यस बावजूद महानगरपालिकाले थालिसकेको कार्यलाई स्थापित गर्दै मातृभाषा विकासतर्फ अगाडी बढेर आगामी शैक्षिक सत्रमा नेपालभाषा स्कूल सञ्चालनको प्रतिवद्धता जाहेर गरेका हुन । उनले आगामी वर्ष नै सत्यमोहन जोशी र धर्मादित्य धर्माचार्यको योगदानलाई बाल्यकालदेखि बुझाउन दुबै व्यक्तित्वबारे जानकारी रहने पाठ्यक्रमय् सञ्चालनमा ल्याउने उद्घोष ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन । महानगरपालिकाका प्रमुख महर्जनले नेपाल भाषाको पत्रकारिताको विकासको लागि ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेवाः डेस्क सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा धर्मादित्य धर्माचार्यको बुद्धधर्म पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो । सो अवसरमा ललितपुरको पुल्चोक स्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले माल्यार्पण गरी कार्यक्रमको शुरुआत गरिएको थियो ।

मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने

समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले नेपालको पत्रकारिता दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिताको प्रर्वद्धन गर्नुपर्ने खाँचोमा जोड दिए । औल्याउ“नुभयो । उहा“ले धर्मादित्य धमाचार्यले बुद्धधर्म र नेपाल भाषाप्रति अनुरागले गर्नुभएको पत्रकारिता अहिले व्यावसायिक धारमा अघि बढिरहेको उल्लेख गर्दै त्यसमा राज्यको साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मातृभाषाकै पहिलो पत्रकारका रुपमा रहेको धर्माचार्यलाई राज्यले मान्यता दिएर मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्ने माग गर्नुभयो ।मुलक संघीयतामा गइसकेको सन्र्दभमा विविध भाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्ने पनि अध्यक्ष गुरुङ्गको जोड रहेको छ ।

कार्यक्रमका अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले सरकारले विभिन्न विधयेक मार्फत मिडियाको घाँटी निमोठ्न खोजेको भन्दै त्यसका विरुद्ध सबै पत्रकार संघसंस्थाहरु एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिए ।

समारोहमा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषामा सूचना माग्ने र सुसूचित हुने हकको सम्मान गर्दै मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिए ।

संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै कार्यक्रम सञ्चालन गरेका दबूका महासचिव सुनील महर्जनले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको स्मरण गराए ।

धन्यवाद अभिव्य िनेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यले महानगरपालिकामा नेपाल भाषाको प्रयोगको लागि ल्याइएको नेवाः डेस्कको अवधारणा कार्यान्वयन नभएको गुनासो व्यक्त गरे ।

धन्यवाद ज्ञापन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका सचिव राजेश बज्रचार्यले समन्वयात्मक भूमिकासहित नेवाः डेस्कको सञ्चालनकालागि ३ महिनासम्म स्वयंसेवक प्रदान गर्न दबू तयार रहेको बताए । सो समयपश्चात महानगरपालिकाभित्रको नेवाः डेस्क निरन्तर प्रयोग हुने गरि कम्तीमा २ जनालाई रोजगारको व्यवस्थाकालागि अनुरोध गदैै उक्त कार्यले मातृभाषा पत्रकारिता दिवसको शोभा बढाउने जिकिर गरे ।

नेवाः पत्रकार राष्ट्रिय दबुको बिधिवत गठनलगत्तै धर्मादित्य धर्माचार्य नेपालभाषाका पहिलो पत्रकार सँगै नेपालका सन्दर्भमा मातृभाषा पत्रकारिता प्रवद्र्धन गर्ने पहिलो पत्रकार रहेको पैरवीसहित उहाँको जन्मोत्सवका दिनमा राष्टिय मातृभाषा पत्रकारिता दिवस स्थापनार्थ पैरवी गर्दै आएका छन । नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य ) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो । उहाँको १ सय १४ औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा तीन वर्ष अघिदेखि मनाउन थालिएको हो ।

Photo courtesy: Nripendral Lal Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *