मिति नाघेका खाद्यबस्तु पुन: बिक्री बितरण गर्ने गिरोह पक्राउ

उपभोक्ताहरु सजग रहन आवश्यक

२०७७ असोज १५
काठमाडौं

मिति नाघेका Date Expired भएका खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बिबरण गर्ने संचालक र कर्मचारीको एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएका छन ।

स्टीकर मेसिनद्धारा नयाँ Date expired लेभलिङ गरी बजारमा बिक्री बितरणमा संलग्न काठमाडौं महानगरपालिका वडा १४ कलंकी लिंकरोडको आयान डिष्ट्रीब्युटर्स, वडा १३ बाफलमा रहेको कम्पनीको गोदाम र सोही स्थानमा रहेको अमेजोन डिष्ट्रीब्युटर्सका संचालकसहित ८ जनाको गिरोहलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ ।

आम उपभोक्ताको स्वास्थ्यमा प्रत्येक्ष असर पार्ने यस अपराधिक गतिबिधिमा संलग्नहरुलाई महाशाखाको अनुसन्धान टोलीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी समेतलाई साथमा लिइ शंकास्पद कम्पनी तथा गोदामहरुबाट अपराधीहरुलाई महाशाखाको टोलीले पक्राउ गरेका हुन ।

काठमाडौं महानगरपालिका वडा १४ कलंकी लिंकरोडमा अवस्थित आयान डिष्ट्रीब्युटर्सको ३ तल्ले घर, वडा १३ बाफल कम्पनीको गोदाम रहेको ३ तल्ले घर र सोही स्थानमा रहेको अमेजोन डिष्ट्रीब्युटर्स समेेत सिल गरिएको महाशाखाले बताएको छ । यस जघन्य अपराधिक कार्यमा सलग्न निम्न संचालक तथा कामदार र सवारी साधनहरु समेत आवश्यक अनुसन्धान कारवाहीको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौमा पठाईएको महाशाखाले सार्वजनिक गरेका छन ।

उपभोक्ताहरु सजग रहन आवश्यक :
फेला परेकामा म्याद सकिएका Oreo बिस्कुट, snickers चक्लेट, Bourn vita, Pringles, Uniliver कम्पनीका उत्पादनहरु लगायतका खाद्यबस्तुहरु रहेेेकाले उपभोक्ताहरु सजग रहनुुुपर्नेे देखिएको छ । पक्राउ गरिएका ब्यक्तिहरु निम्न ब्यक्तिहरुबाट धेरै ठाउँमा बिक्रीबितरण भएको हुनसक्ने हुँदा पसलहरुबाट खाद्य सामग्री खरीद गर्दा म्याद जाँच गर्ने लगायत थप सावधानी अपनाउन आवश्यक देखिएको छ ।

पक्राउ अभियुक्तहरु –
१. जिल्ला झापा चन्द्रगढि न.पा.वडा न. चन्द्रगढि घर भई हाल का.जि.पुतलीसडक न्यूप्लाजा वस्ने सतनारायण अग्रवालको छोरी शकरलाल अग्रवालको श्रीमती बर्ष ६३ की पुष्पादेबी अग्रवाल ।
२. भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं.१३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१३ बाफल बस्ने मागोलाल बोथ्राको छोरा बर्ष ३५ को रोनक बोथ्रा ।
३. जिल्ला रौतहट गौर न.पा.वडा नं.३ मजकुटिया घर भई हाल का.जि.बल्खु बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को मुन्ना ठाकुर ।
४. जिल्ला रौतहट गौर न.पा.वडा नं.३ मजकुटिया घर भई हाल का.जि.बल्खु बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को पप्पु कुमार ठाकुर ।
५.जिल्ला महोत्तरी भग्राम न.पा.वडा नं.४ बनरा घर भई हाल का.जि.कपुरधारा वस्ने आसाराम सिंहको छोरा बर्ष ४३ को श्याम प्रसाद सिंह ।
६. जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.३ कल्लेरी घर भई हाल का.जि.कुलेश्वर वस्ने कान्छा वयलकोटीको छोरा बर्ष २६ को राम बहादुर बयलकोटी ।
७. जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं.६ जल्केनी घर भई हाल का.जि.कंलकी बस्ने बुदे उपरकोटीको छोरा बर्ष १८ को सिताराम उपरकोटी ।
८. जिल्ला धादिङ सिद्धलेख गा.पा.वडा नं.४ भेडावारी घर भई हाल का.जि.बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा बर्ष २४ को दिलिप थापामगर ।
(ख) सवारीसाधन :- बा.२०.च.१०९ , बा.१६.च.५७०४ र बा.१९.च.४९०५ नं. को गाडीहरु ।

Spread the love

Related posts

Leave a Comment