म त्यस्तो नालायक मान्छे हुँ र? – तुलसीलाल अमात्य

श्रावण १८

गुट उपगुटको राजनीतिले नेपालमा वामपन्थीहरुको कहिलै दिर्घकालीन रणनीतिक एकता सम्भव देखिएन । सैद्धान्तिक निष्ठावान राजनीतिबाट अभिप्रेरित योद्धा कमरेड तुलसीलाल सदैव किसान आन्दोलन उत्थानमा लागिपरे । तेश्रो महाधिवेशनबाट महासचिवको भूमिका हुँदै कालान्तरमा नेकपा अमात्यमै सिमित रहन गएपनि यीनैले २०४८को जन आन्दोलन उत्थानमा महत्वपूर्ण भूमिका निभाए । आफ्नालागि आवश्यक औषधिहरु रहेको झोला सहित पार्टी झण्डा हल्लाउँदै उनले गिरफ््तारी दिए संयुक्त वाम मोर्चाको अध्यक्षका हैसियतले । मृगौला रोगले च्यापिएका यीनलाई डायलाइसिस उपचार खर्च सहयोग जुटाउनुभन्दा उल्टो पार्टीभित्र चरित्रहत्याको प्रयास समेत भए । प्रस्तुत छ, उनको मनमा लागेको ठेस अभिव्यक्तिहरुबारे २०५३ साल फागुन १५को बुधवार साप्ताहिकमा प्रकाशित लेख ।

म त्यस्तो नालायक मान्छे हुँ र? – तुलसीलाल अमात्य

‘मलाई भेटन प्रधानमन्त्री शेरबहादुर देउवा आउनुभएको हो । मेरो निवासमा नै उहाँले आएर भेट्नुभयो, स्वास्थ्यस्थितिबारे कुराकानी गर्नुभयो । पहिलेदेखि नै मनमोहन कमरेडले उहाँलाई मकहाँ पुगेर एकपटक भेट्न भन्नुभएको रहेछ । तर एउटा बिरामी नेतालाई प्रधानमन्त्री आएर भेटेको कुरालाई लिएर लेखी बेच्ने केही पत्रिकाहरुले गलत ढंगले प्रचारबाजी गरेको कुरा मैले अखबारमा पढें । गलत उद्धेश्य र नियतले यस्तो विरामी अवस्थामा रहेको बेला समेत मेरो चरित्रहत्या गर्ने गैरजिम्मेवार प्रचारबाट म अत्यन्तै दुःखी र मर्माहत भएको छु ।’

========================================================================

महाकाली सन्धिको सम्बन्धमा भोटिंग गराउन एम्बुलेन्समा राखेर पार्टी कार्यालयमा उपस्थित गराइनुभएका अमात्यलाई पछि तिनै नेताहरुद्वारा आफ्नो पक्षमा नउभिएको कारण चरित्र हत्या गर्ने उद्धेश्यबाट प्रधानमन्त्रीसँगको भेटलाई लिएर प्रचार गराइएकोमा दुःख व्यक्त गर्नुभयो । यो चाहिं बहुत ठूलो विडम्वना नै थियो । तर वरिष्ठ नेता अमात्यले जीवनको  उत्तराद्र्धमा आफ्नो आजीवन संंघर्षपूर्ण र सम्मानित व्यक्तित्वलाई पार्टीमा हुने विभाजनद्वारा उत्पन्न हुने कुराको गुट उपगुटको पक्षमा उभिएर धुमिल पार्न चाहनुभएन ।

========================================================================

नेकपा एमालेका वरिष्ठ नेता तुलसीलाल अमात्य उमेरले पार्टी अध्यक्ष मनमोहन अधिकारीभन्दा पनि जेठो हुनुहुन्छ । असी वर्षको बृद्ध उमेरमा मृगौलाको रोगले ग्रस्त भएर उहाँ अहिले जीवन मरणको दोसाँधमा छटपटाइरहनु भएको थियो । दैनिक महँगो डाइलाइसिस गर्दा लाग्ने अति महँगो खर्चबाट समेत उहाँलाई दोहोरो पिडा भइरहेको थियो । तर ठीक यस्तै पीडा र छटपटीमा छटपटिरहनुभएका पार्टीका वरिष्ठ नेताको चरित्रहत्या गर्ने ढंगबाट दुस्प्रचार भइरह्यो । यस्तैमा बैठक चलिरहेकै बखत एक दिन पार्टी केन्द्रिय कार्यालयमा आफ्नो दुखेसो पोख्दै कमरेड अमात्यले भन्नुभएको थियो,  

‘बिरामी भेटन आएको व्यक्तिसँग विरामीले कहीं राजनीतिक कुरा गर्छ ? हाम्रो पार्टीको आन्तरिक राजनीतिसँग शेरबहादुरलाई के मतलब छ? हाम्रो महासचिव राख्ने कि फेर्ने कि फर्काउने  भन्ने कुरासँग शेरबहादुरलाई के मतलब छ? हाम्रो महासचिव राख्ने कि फेर्ने कि फर्काउने  भन्ने कुरासँग शेरबहादुरको कुनै मतलब छ भने पनि उसको कुरासँग मलाई के सरोकार? म त्यस्तो कुन मूर्ख हुँ, जसले शेरबहादुरसँग हाम्रो महासचिव राख्ने कि फ्याक्ने भनेर सोध्छु ? मलाई साथीहरुले त्यस्तो नीच र नालायक ठान्नुहुन्छ? म त्यस्तो नालायक मान्छे हुँ र? तपाईको पत्रिकामार्फत म स्पष्ट पार्न चाहन्छु कि शेरबहादुरसँग मेरो राजनीतिक सन्दर्भमा केही कुरा भएको छैन । मैले मेरो स्वास्थ्य स्थिति बताए । बस ।’

‘मलाई औषधोपचार खर्च नभएर बहुत गाह्रो छ । यो कुरा सबैलाई थाहा छँदैछ । तर शेरबहादुरले चाहेर पनि मलाई उपचार खर्च दिन सम्भव हुँदैन । मैले आफ्नो दयनीय र चिन्ताजनक अवस्था उहाँलाई बताएको छु । सरकारले अरु अरुलाई पनि उपचार खर्च दिने गर्दै आएको छ । यदि मलाई पनि उपचार खर्च गराएर केही वर्ष बढी बाँचेको देख्न चाह्यो भने प्रधानमन्त्रीले अबको क्याबिनेटमा प्रस्ताव राखेर निर्णय गर्नुहोला, म उहाँसँग आशावादी छुँ ।’ 

आफ्नो दुब्लोपातलो र चिन्ताजनक अवस्था भइसकेको शरीरसहित गम्भीर भएर पार्टी कार्यालयमा आउनुभएका अमात्यले यस्तै आशयको अभिव्यक्ति दिनुभयो । महाकाली सन्धिको सम्बन्धमा भोटिंग गराउन एम्बुलेन्समा राखेर पार्टी कार्यालयमा उपस्थित गराइनुभएका अमात्यलाई पछि तिनै नेताहरुद्वारा आफ्नो पक्षमा नउभिएको कारण चरित्र हत्या गर्ने उद्धेश्यबाट प्रधानमन्त्रीसँगको भेटलाई लिएर प्रचार गराइएकोमा दुःख व्यक्त गर्नुभयो । यो चाहिं बहुत ठूलो विडम्वना नै थियो । तर वरिष्ठ नेता अमात्यले जीवनको  उत्तराद्र्धमा आफ्नो आजीवन संंघर्षपूर्ण र सम्मानित व्यक्तित्वलाई पार्टीमा हुने विभाजनद्वारा उत्पन्न हुने कुराको गुट उपगुटको पक्षमा उभिएर धुमिल पार्न चाहनुभएन । 

त्यसैले उहाँले आफ्नो मत प्रष्टसँग राख्नुभयो ‘जसरी महासचिव हटाउने प्रयत्न गरिएको छ, यस ढंगबाट पार्टी ठीक बाटोमा अगाडि बढ्न सक्तैन । पार्टीभित्र अस्थिरता, गडबडी र गलत परम्परा   बस्छ । ठीक छ, अहिले अकस्मात र पद्धतिहीन ढंगले महासचिव हटाउन सफलता मिल्ला, तर माधव नेपालपछि महासचिव हुने व्यक्तिले पनि राम्ररी काम गर्न पाउला? नयाँ महासचिवको मुख हेरेर कसैलाई पनि  छोड्ने कुरा हुन्छ? अहिले जस्तै गरी विरोधीहरु फेरि खेल्नेछन । यो कुरा सबै नेताहरुले बुझ्नुपर्छ ।’

‘विरोधीहरुले अरु पार्टीमा गडबडी सिर्जना गर्न कहिले, कहाँ, कसरी र कसलाई प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा बहुत राम्ररी बुझेका हुन्छन । अहिले पनि हाम्रा साथीहरुलाई विरोधीहरुले उक्साएर यो प्रस्ताव ल्याउन मच्चाएका छन । यो अत्यन्तै गलत र पार्टीविरोधी काम हो ’ – तुलसीलाल अमात्यले आफ्नो राजनीतिक अनुभवलाई साक्षी राख्दै त्यतिबेला भन्नुभएको थियो ।

२०५३ साल फागुन १५ गतेको बुधवार साप्ताहिकबाट

Photo Source: “अविश्रान्त राजनायक” , “संस्मरणका पानाहरु”

Spread the love

Related posts

Leave a Comment