Business and CSR Feature News National

ललितपुर उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न

असोज २८, ललितपुर

आज जावलाखेलको स्टाफ कलेजमा ललितपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरिएको छ । करीव ४ बजे सम्पन्न निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको सामिप्यताले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो ।

अध्यक्ष पदमा वर्तमान कार्यकालका सबिन श्रेष्ठ र कृष्णलाल महर्जन गरि दुइ प्यानलबीच निर्वाचनमा प्रतिस्पर्धा रहेको छ । त्यसैगरि बरिष्ठ उपाध्यक्षमा रविन्द्र राज ताम्रकार, गजेन्द्र लाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार भरत जोशी गरि तीन जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

पदाधिकारी पदहरुमा उद्योगतर्फबाट उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ र विश्व बज्राचार्य, बाणिज्य तर्फबाट उपाध्यक्षमा बालकाजी श्रेष्ठ र रूपकुमार शाक्य, संस्थागत तर्फबाट उपाध्यक्षमा श्याम तण्डुकार र बिरेन्द्र लाल श्रेष्ठ, महासचिवमा मनोज बहादुर न्याछ्यों र दिपेन्द्र शाक्य, कोषाध्यक्षमा सचिन राज जोशी र नारायण गोपाल श्रेष्ठ लगायत अन्य कार्यसमितिका उम्मेदवारहरुबीच प्रतिस्पर्धात्मक निर्वाचन भएको छ ।

निर्वाचनमा उद्योग क्षेत्रका ४७०, असोसियट्का २० र करीव ८२० बाणिज्य तर्फका सदस्यहरुको मतदान स्टाफ कलेज जावलाखेलमा आयोजना गरिएको हो । मतपेटिका संघको मंगलबजारस्थित भवनमा सारेर मतगणना पश्चात् आजै संघको सचिवालयबाट बिजयीहरु घोषित गरिने बताइएको छ ।

निर्वाचनमा सविन श्रेष्ठका प्यानलमा उद्योग समूहबाट कार्यसमिति सदस्यहरुमा कृष्ण श्रेष्ठ, भूषण नाथ शर्मा, मिलन शाक्य, श्रीजेश लाल शिल्पकार, सजन श्रेष्ठ, सुनील शाक्य (हान्ताई) रहेका छन । यता कृष्णलाल महर्जनको प्यानलमा सोही समूहबाट कार्यसमिति सदस्यहरुमा रमेश सिं महर्जन, सुरेन्द्र अवाले, सुसन महर्जन र हरि सेन्चुरी वि.क. रहेका छन् ।

त्यसै गरि बाणिज्य समूहबाट कार्यसमिति सदस्यहरुमा कृष्णलाल महर्जनको प्यानालमा महेश श्रेष्ठ, राजेन्द्र तण्डुकार, रुपक मान महर्जन रहेका छन भने सविन श्रेष्ठको प्यानलमा उसन बज्राचार्य, कृष्ण प्रसाद सापकोटा, भूमि नन्दन कर्माचार्य, रुपेन्द्र राज शाक्य, एकमात्र महिला उम्मेदवार लजना श्रेष्ठ र सविन लाल प्रधान रहेका छन् ।

संस्थागत क्षेत्रबाट कार्यसमिति सदस्यमा राजेन्द्र कुमार श्रैष्ठ निर्विरोध निर्वा्चित भएका छन भने एशोसियट क्षेत्रबाट कार्यसमिति सदस्यमा सविन श्रेष्ठ प्यानलमा राकेश भक्त मुल्मी र कृष्णलाल महर्जनको प्यानलमा नविन मान श्रेष्ठ रहेका छन ।

६ जनाको पदाधिकारी पदहरुमा १३ जनाको उम्मेदवारी परेको छ भने उद्योग समूहमा १० उम्मेदवारमध्ये ६ जना चयन हुनेछन, ९ जना बाणिज्य समूहका उम्मेदवार मध्ये ७ जना र एशोसियट क्षेत्रबाट कार्यसमितिमा १ जना विजयी घोषित गरिने छ ।

मतदानका सहभागीहरुको अभिमत तथा उम्मेदवारहरुको भनाइ अनुसार जसको जित भएपनी संघमार्फत ललितपुरको सम्पूर्ण उद्योग ब्यवसायी र समाजको हितमा लागेर संघको सर्वस्वीकार्यता अभिबृद्धी गर्न एकबद्ध भै लाग्नुहुनेमा विश्वास गर्नसकिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *