Crime News & Prevention Education Health Social Youth & Sports

लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी अभियानमा युवाहरुको निरन्तरता

ने.सं. ११३८ अनलाथ्व एकादशी । जेठ ११, २०७५ । मे २६, २०१८
ललितपुर

प्रहरी प्रभाग मंगलबजारको आयोजनामा भएको लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी मेरो साथी अभियानलाई युवाहरुले निरन्तरता दिएका छन । प्रहरी प्रभाग मंगलबजारले ललितपुर महानगरपालिका वडा नं. १७ बाफल टोलमा शनिवार गरेको गाँजा फडानी कार्यक्रममा राष्ट्रिय युवा महासंघ ललितपुर शाखाले सहयोग गरेका हुन ।

प्रभागको आयोजनामा बाफल टोल बिकास संस्था, एभिएस स्कूलका बिद्यार्थीहरुको स्थानीय संयोजन तथा वडा अध्यक्ष र सदस्यहरुको सक्रियतामा करीव ६ रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाको बोट फडानी गरिएको प्रभागका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
“लागूपदार्थ दुर्व्यसन प्रारम्भिक रुपमा युवाहरु आकर्षित हुने गाँजासेवनको विषयलाई युवा तथा स्थानीयहरुको सक्रिय सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।” उनले भने, “राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका युवा लगायत बिद्यार्थीहरुको संलग्नताले स्थानीय युवाहरुमा सचेतना बृद्धि भएको छ । भविष्यमा पनि दुर्व्यसन विरुद्ध सडक नाटक लगायतका कार्यक्रम आयोजनाबारे छलफल भएको छ ।”

 

“प्राकृतिक रुपमा खुला ठाउँमा हुने गाँजाको दुर्व्यसनबारे स्थानीय युवाहरुलाई जागरुक बनाई यस कार्यको स्थानीय तहमै निरन्तरता दिनुपर्ने सन्देश दिन हामीले प्रहरीसँग सहकार्य गर्दै आएका छौं । ” राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका राजन महर्जनले भने, “हामीले यस सम्बन्धि सडक नाटक लगायतका कार्यक्रमहरु बनाएर अभियानकै रुपमा सहकार्य गरेको पनि झण्डै १८ महिना भइसकेको छ ।”

“प्रहरी मेरो अभियानलाई समुदायमा बुझाउन सहयोग होस भनि टोलवासीहरुको सक्रियता यकीन गरी कार्यक्रम आयोजनामा सहकार्य गरेका हौं ।” बाफल टोल सुधार समितिका अध्यक्ष प्रमोद महर्जनले भने । उनका अनुसार बाफल टोलमा यस अघि समता स्कूलमा आयोजित प्रहरी मेरो साथी अभियान अर्थपूर्ण रहेको थियो । भविष्यमा पनि बाफल टोल लागूपदार्थ दुर्व्यसनरहित होस भनि थप कार्यक्रमलाई निरन्तरता दिने सोच सहित गाँजा फडानी कार्यक्रममा सहकार्य गरिएको उनले बताए ।

करीव १८ महिनाको सेवाकाल पछि अन्यत्र सरुवा हुन लागेका प्रहरी निरीक्षक प्रकाश थापाको कार्यकालमा लागू पदार्थ दुर्व्यसनीको गिरोहलाई कारवाही लगायत विरुद्ध थुप्रै समुदायस्तरमा सचेतना कार्यक्रमहरु भएका छन । यस किसिमको कार्यक्रम स्थानीय र प्रहरी परिसर दुबैतर्फबाट प्रभावकारी रहेको मुल्यांकन भएको बताउँदै प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो सरुवा पश्चात पनि निरन्तरता पाउने बिश्वास व्यक्त गरेका छन ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाण्डौमा गरेको एक अन्वेषणले १५–२४ बर्षउमेर समूहका लागूऔषध दुर्व्यसनीहरू ५२ प्रतिशत तथा २५ देखि ३४ बर्ष उमेर समूहका दुर्व्यसनीहरू ४२ प्रतिशत रहेको पाईएको छ ।

उक्त अन्वेषणका ज्ञाता सुरक्षा र न्याय अध्ययन केन्द्रका अध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा। गोविन्द प्रसाद थापाका अनुसार, “२८ प्रतिशत दुर्व्यसनीहरू एस।एल।सी भन्दा कम अध्यनरत, २२ प्रतिशत एस.एल।सी उत्तीर्ण भएका तथा ३१ प्रतिशत दुर्व्यसनीहरू १०ं२र प्रवेशिका प्रमाणपत्र तहमा अध्ययनरत तथा उतीर्ण रहेका छन् ।”

रक्सी, गाँजा, चरेश, हेरोईन र औषधिजन्य लागुऔषधहरू नेपालमा बढी दुरूपयोग हुने र पछिल्लो समयमा डाईजेपाम, बुप्रिनर्फिन जस्ता औषधिजन्य लागुऔषधको दुर्व्यसन बढ्दो अवस्थामा अभिभावक, समुदाय लगायत सबै सरोकारवाला निकायहरूले यसलाई गम्भीर चासो र चिन्ताको विषयका रुपमा लिन जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *