Arts and Crafts Business and CSR Culture & Heritage Feature News HIstory International National Social

व्यापार र संस्कृतिको संगम – नेपाल चीन एक्स्पो २०१८ शुक्रवारदेखि

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८
ललितपुर

व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २३ गतेसम्म नेपाल चीन एक्स्पो –२०१८ ललितपुरमा आयोजना हुने भएको छ ।

१२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुरको ऐतिहासिक कला, संस्कृति, सम्पदाको जीवन्त संग्रहालयको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर नेपाल चीन एक्सो २०१८ गरिएको आयोजक अरनिको साँस्कृतिक तथा व्यवसायिक प्रवद्र्धन समाजले बताएका छन ।

“पाँच दिनसम्म हुने यस मेलाको आयोजनाले नेपालका राष्ट्रिय विभूती अरनिकोबारे थप चर्चासंगै नेपाल र चीनबीच रहेको जनस्तरको सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण अर्थ राख्नेमा हामी विश्वस्त छौं ।” समाजका अध्यक्ष अजरमान जोशीले बिहिवार आयोजित पत्रकार सम्मेलनमा बताए ।

मेलाले दुई देशबीचकोे मौलिक संस्कृति, परम्परासँगै व्यवसायिक उत्पादनहरु आदानप्रदान गर्ने र आपसी लाभ पुग्ने दिशामा ठोस टेवा पु¥याउनुका साथै मुलुकको आर्थिक विकास, व्यवसायीहरुबीचको सम्बन्ध विकास, बजार विस्तार गर्ने लगायत विविध पाटोमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष जोशीले विश्वास व्यक्त गरे ।

मेलामा सह आयोजकका रुपमा अरनिको समाज र चीन नेपाल साँस्कृतिक आदानप्रदान केन्द्र रहेका छन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्दै विइजिंगस्थित चीन नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले भने, “ मेलामा आर्थिक कारोवारभन्दा माथि चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसिएटिभकासाथै साझेदारी अर्थतन्त्र र कनेक्टीभिटीको अवधारणा नेपाली जनस्तरमा पुगोस भन्ने हाम्रो प्रमुख लक्ष्य हो ।”

दुई देशका जनताबीचको आपसी लाभ पुग्ने दिशामा चीनको बृहत अवधारणाबाट नेपालमा पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासको सम्भावनातर्फ ध्यानाकर्षणकासाथै दुई देशबीचको साँस्कृतिक र व्यापारिक सम्बन्ध विकासमा यस मेलाले ठोस टेवा पु¥याउने समाजका महासचिव सुरेशमान महर्जनको भनाई रहेको छ । सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको हस्तकला प्रवद्र्धन गर्न यस प्रकारका मेलालाई स्थानीय तहले पनि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

२ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमानित यस मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने अवसरका साथै दुइ देशका नागरिकबीचको अध्ययन तथा ज्ञान, सीपबारे आपसी आदानप्रदान, पर्यटन र व्यवसायिक विकासमा पनि टेवा पु¥याउने विश्वास लिइएको छ ।

मेलाका सहभागीहरुलाई नजिकिएको दशै तिहारको अवसरमा आफ्ना प्रियजन, साथी भाई परिवारका लागि आकर्षक र गुणस्तरीय उपहार सुपथ मूल्यमा खरिद गर्न सक्ने अपूर्व अवसर प्राप्त हुने बताउँदै अध्यक्ष जोशीले भने, “चीनबाट उत्पादित कपडा, जुता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक उपभोगका घरायसी सामग्री, खेलकूद सामग्री लगायत आजको समयानुकुल विभिन्न प्रविधियुक्त डिजिटल उपकरणहरु मेलामा प्रदर्शन र बिक्रीका लागि उपलब्ध रहने छ ।”

आयोजकका अनुसार मेलामा करीव १ सय वटा स्टलहरु मध्ये ६० वटा स्टलहरुमा चिनियाँ ब्राण्डका सामग्री रहने छन् भने नेपालमा उत्पादित विविध हस्तकला, धातुकला, प्रस्तरकला लगायत विभिन्न घरायसी सामग्रीको स्टलहरु पनि रहने छन । स्वदेशमै उत्पादित बस्तुहरुलाई विशेष प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ लूभुको टेक्सटाइल उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाईएको आकर्षक डिजाईनका पहिरनहरु संगालेर शनिवार “फेशन शो” प्रदर्शन गरिने भएको छ । त्यसैगरी मेला अवधिभर साँझको समयमा नेपाली परम्परागत तथा मौलिक नृत्य र संगीत प्रस्तुतिकासाथै लोकप्रिय आधुनिक एवं साँस्कृतिक मनोरञ्जनका कार्यक्रम रहने बताईएको छ ।

मेलाको अवधिभरमा लाखे नाच, बाजागाजा लगायत ललितपुरका मूर्त अमूर्त संस्कृतिको जीवन्त प्रदर्शन पनि रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *