शंखधर उद्यानको शोभा बढाउन २ इतिहास पुरुषका शालिक अनावरण

ने.सं. ११४१ मंसीर ६, काठमाडौँ ।

११४१ वर्ष अगाडी लिच्छविकालका राघवदेवका राज्यकालमा स्थापित नेपाल सम्वतका प्रणेता मानिने राष्ट्रिय बिभूती शंखधर साख्वा र मानवाधिकारकर्मी एवं भाषा र जनजाति आन्दोलनका अगुवा स्वर्गीय पद्मरत्न तुलाधरज्युको पुर्ण कदका दुइ शालिकहरुको आज अनावरण गरिएको छ । नेपाल सम्वत सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरेका हुन ।

करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गर्नुभयो ।

साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको दुबै ईतिहास पुरुषका स्मरण गराउदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घाेषणा गरी सो अनुरूप इतिहास स्थापित गराउनु ठुलाे कुरा भएको बताउनुभयाे । त्यसैगरी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका बेला साख्वा: राष्ट्रिय विभुति घाेषणा गरिसकिएको र नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा स्थापित गराउने कुराम कसैकाे विमति नरहने पनि स्मरण गराउनुभयाे ।

वामपन्थी आन्दाेलका अगवा तुलाधर र प्रजातान्त्रिक आन्दाेलनका अगुवा गणेशमा सिंहकाे विचमा शंखधरकाे शालिक निर्माण हुनु इतिहासकाे सम्मानका रूपमा लिइनुपर्ने वक्ताहरुले बताए । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो । ‘उहाँहरुकाे याेगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनाैँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्,’ उहाँले भन्नुभयाे, ‘हामीले उहाँहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छाैँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छाैँ । काठमाडौंका नेवार मात्रै हाेइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छाैँ ।’
वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले पनि सम्वाेधन गर्नभएकाे थियाे । सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकाेमा खुशी व्यक्त गर्नु भाे ।
कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयाे

११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाःलाई नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषित गरेको थिए । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा पनि मनाउने गरिन्छ ।
नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दाेलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।

यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ । महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । धर्मभक्तकाे पुर्ख्याैली टाेल झाेँछेमा पनि महानगरपालिकाले उनकाे सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेकाे छ ।

Spread the love

Related posts

Leave a Comment