समाजसेवी एवं उद्योगपतिरमेश महर्जनज्यु रहनु भएन

कार्तिक १, ललितपुर

समाजसेवी एवं उद्योगपतिको उच्च छवि बोकेका  रमेश महर्जनज्युको निधन भएको छ ।
५४ वर्षीय महर्जन कोरोना संक्रमण पश्चात सोमबार दिउँसो १:४५ बजे मेडिसिटी अस्पतालमा निमोनियाको उपचारत अवस्थामा स्वर्गारोहण भएको बताईएको छ ।
महर्जनको अन्तिम बिदाइ तथा दाह संस्कार भोलि बिहान १०:३० बजे पशुपति आर्यघाटमा हूने पारिवारिक श्रोतले जनाएका छन ।

अन्तर्राष्ट्रिय छवि समेत उच्च रहेका दिवंगत रमेश महर्जन आर.बि. डायमण्ड ज्वेलरीकासाथै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष समेत हुनुहुन्थ्यो । भूकम्पपछीको पुनर्णिर्माणमा पनि पिलाछें टोलकै बिकसित एकीकृत बस्ती पुनर्निर्माणमा समेत प्रमुख भुमिका रहेका महर्जन नेपाल संम्बत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० व ११४१को पनि अध्यक्ष हुनुहुन्थ्यो ।
नेपाल मण्डल टेलिभिजनको अध्यक्ष तथा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महर्जनज्युको अल्पआयुमा नै भएको निधनले अपुरणीय क्षति पुगेकोमा  भिभिन्न सामजिक तथा उध्योग संघसंस्थाले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्तिको कामना सहित दिवंगतको सुखावती भूवनमा बासको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

Spread the love

Related posts

Leave a Comment