Business and CSR Entertainment Social Youth & Sports

सहकारी कप बुद्धिचालमा सजिन बिजयी

ने.सं.११३९ दिल्ला चतुर्थी, शनिवाः । असार १९ गते । जुलाई ६, २०१९

ललितपुर
ताम्रकार समाज र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सम्पन्न सातौं गणेशमान सिंह सहकारी कप बुद्धिचाल कप प्रतियोगितामा जनता सोकोसका सजिन महर्जन बिजयी भएका छन् ।

शनिवार भएको फाइनल खेलमा गोल्डेनगेट ईन्टर नेशनल कलेजका मिलन लामालाई पराजित गरी उपाधि स्वरुप दुईलाख चारहजार बराबरको यामाहा मोटरसाइकल हातपारेका छन् । बेष्ट अफ टुको आधारमा भएको फाइनलको पहिलो खेलमा कालो गोटी लिएर किङस् इन्डियन प्रणालीमा खेल सुरु गरेका सजिनको २३ औं चालमा प्रतिस्पर्धी मिलनले फाइदा उठाउन नसकेपछि उनले तीव्र दवावमा राखि खेल त्याग्न बाध्य पारे ।

त्यसैगरी फाइनलको दोस्रो खेलमा बराबरी गरेर उपाधि हात पार्ने अभियानमा रहेका सजिनले मिलनको हरेक आक्रमनलाई बिफल बनाई दवाब जारी राखेपछि सजिनले ३३ औं चालमा बराबरीको प्रस्ताव गरे । अन्तमा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उदियमान युवा खेलाडी मिलन लामाले दोस्रो स्थानमा रहेर रु ५० हजार हासिल गरे ।

प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन शुभकामना साकोसका मदनकृष्ण कायस्थ तेस्रो स्थान हासिल गर्दै नगद ३० हजार पाए । तेस्रो स्थानको लागी भएको खेलमा अर्थ साकोसका रिजेन राज भण्डारीलाई हराएका थिए । अर्का प्रतिस्पर्धी रिजेन्द्र चौथो स्थानमा रहेर २५ हजार नगद प्राप्त गरे ।

लिग कम नकआउटको आधारमा संचालन भएको खेलमा नेपाल बुद्धिचाल संघको छात्रवृत्तिमा रसियामा अध्यनरत फिडे मास्टर रुपेश जैशवालले पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराउँदै २५ हजार नगद सहित लिग तर्फको उपाधि हासिल गरेका छन । त्यस्तै विनिता कपालीले सप्तरीका सिंगेश्वर दाससंग बराबरी खेल्दै साढे ५ अंक जोडेर महिला तर्फको उपाधि नगद १० हजारसहित हासिल गरेकी छिन ।

ललितपुर स्पोर्टस् क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको पुरस्कार तथा समापन समारोहमा प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमितिका अध्यक्ष जीवनराम श्रेष्ठले बिजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरे । ३७ जिल्लाका १०० जना खेलाडीहरु सहभागी भएको प्रतियाृगिता असार १६ गते देखि संचालन भएको थियो । सो अवसरमा फिडेका ईथिक्स कमिसनका सदस्य राजेहहरी जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एक राज श्रेष्ठ, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, लगायतले बिजेता खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *