Culture & Heritage Municipal news Provincial News Tourism

साँस्कृतिक टोखा नगर प्रवर्द्धनकालागि विशेष कार्यक्रम

ने.सं. ११३८ दिल्लागाः अष्टमी । श्रावण २०, २०७५ । अगष्ट ५, २०१८
काठमाडौं

चालू आर्थिक वर्षको प्रारम्भदेखि सांस्कृतिक रुपमा संरक्षित शहर घोषणा गरिएको ऐतिहासिक नगरी टोखा नगरलाई अझ ब्यापक बनाउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

आइतवार दरवारमार्गमा आयोजित पत्रकार सम्मेलनमा प्राचीनकालदेखि सम्पदा संस्कृति र मौलिक पर्वहरुको संरक्षण गर्दै आएको टोखा शहरको दीगो संरक्षण र सम्बद्र्धन तथा आर्थिक सम्बृद्धिकालागि पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउन विशेष कार्यक्रम ल्याइएको आयोजक टोखा संस्कृति सम्पदा संरक्षण दबू र नेवाः गुथि, टोखाले जनाएका छन ।

सम्मेलनमा जारी बिज्ञप्ति अनुसार टोखा संस्कृति सम्पदा संरक्षण दबू पुचः र नेवाः गुथि टोखाको संयुक्त आयोजनामा श्रावण शुक्ल पारु (श्रावण २७) गतेका दिन शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई बृहत अभिनन्दन गरिने भएको छ ।

टोखाबासीहरुको बृहत सहभागितासहित बिहान ८ बजे रत्नपार्कको शान्तिवाटिकादेखि विशेष झाँकी तथा बाजागाजाका साथमा शताब्दी पुरुष जोशीलाई राष्ट्रिय सभागृहको हलसम्म परिक्रमा गराइ कार्यक्रममा अभिनन्दित गराइने आयोजकले जनाएका छन ।

उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसँगै काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सबै नगरप्रमुख तथा उपप्रमुखहरुको विशेष उपस्थिति रहने पनि आयोजकले बताएका छन ।

पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जनाए अनुसार टोखा नगरपालिकाको आगामी ४ वर्षको कार्यक्रमबारे कार्यपत्र पनि प्रस्तुत गरिने भएको छ ।
विशेषत नेवाः समुदाय र सभ्यताको धरोहर रहेको टोखा शहरलाई राष्ट्रिय गौरव तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्नकालागि सामूहिक पहलकदमी गर्ने तथा सो अनुरुप नगरपालिकाको योजना सार्वजनिक गर्नुकासाथै शताब्दी पुरुषको अभिनन्दन कार्यक्रमलाई राष्ट्रियस्तरको बनाउन राष्ट्रिय सभागृहलाई चयन गरिएको उनले जिकिर गरेका छन ।

photo courtesy: Rekha Shakya

Leave a Reply

Your email address will not be published. Required fields are marked *