Culture & Heritage Education Feature News International Photo Feature Tourism Youth & Sports

सांगठनिक अन्तरक्रियामा रमे चीनियाँ कम्युनिष्ट युवा लिग

ने.सं. ११३८ बछलागा अष्टमी । बैशाख २५, २०७५ । मे ८, २०१८
राजेश बज्राचार्य, ललितपुर

युथ कम्युनिष्ट लिग बिइजिंग कमिटीका उपमहासचिव युनान है को नेतृत्वमा नेपाल आइपुगेका १४ जनाको युवा स्वयंसेवक टोलीले पाटनमा विभिन्न युवा संस्थाहरुसँग अन्तरक्रियामा रमाएका छन ।

अरनिको साँस्कृतिक तथा व्यवसाय प्रवद्र्धन समाजको संयोजनमा अरनिको समाजले आयोजना गरेको युवा अन्तरक्रिया कार्यक्रममा बिइजिंगका बिदेशी भाषा विश्वबिद्यालय, राजधानी चिकित्सा बिश्वबिद्यालय र उद्योग बिश्वबिद्यालयका स्वयंसेवकहरुसँग नेपालका विभिन्न युवा स्वयंसेवक संगठनका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका हुन ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुुहुँदै अरनिको साँस्कृतिक तथा व्यवसाय प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले भने, ‘स्वयंसेवाको अनुभवले नै युवावस्थामा जिम्मेवारीको चरित्र निर्माण गर्दछ र जिम्मेवारीबोध भएका युवाले आफूभन्दा माथि उठेर बास्तविक समाज र राष्ट्रको सेवा गर्न सक्दछ ।’ विश्वमा उदीयमान छिमेकी मूलुकका युवाहरुले एक प्रदेश एक मार्गको परिकल्पनालाई सार्थक गर्न निर्माण गरेको अन्तर्राष्ट्रिय स्वयंसेवक संजालको अवधारणालाई बुझ्न तथा सम्भावित सहकार्यबाट दुबै पक्ष लाभान्वित गराउन अन्तरक्रिया कार्यक्रमको संयोजन गरिएको उनले बताए । नेपालमा विभिन्न तहमा रहेका स्वयंसेवक युवा संस्थाहरुले अब अन्तर्राष्ट्रिय स्तरमा अगाडी बढिरहेको चीनियाँ स्वयंसेवक संगठनका प्रतिनिधिहरुसँगको अन्तरक्रियाबाट सिकेर दीर्घकालीन सम्बन्ध बिस्तार गर्न उनले आह्वान गरे ।

कार्यक्रममा चीनियाँ टोलीको नेतृत्व गरेका युथ कम्युनिष्ट लिग बिइजिंग कमिटीका उपमहासचिव युनान है आफ्नो छोटो अवधिको भ्रमणमा नै धेरै युवा संस्थाहरुसँग अन्तरक्रियाको अवसर पाएकोमा हर्षित हुँदै भने, ‘कम्युनिष्ट युवा लिग बिइजिंग समितिको संयोजकत्वमा संयुक्त राष्ट्र संघ युवा स्वयंसेवकहरुको बृहत सञ्जाल निर्माणबाट दीगो विकास लक्ष्य प्राप्त गर्न ३१ राष्ट्र सम्मिलित स्वंयसेवक एलायन्स बनेको छ । चीनियाँ राष्ट्रपतिको एक प्रदेश एक मार्ग परिकल्पनाले जोड्ने अन्तरदेशीय सम्बन्धमा समेत टेवा पुर्याउने यस कार्यमा तपाईहरुसँग सहकार्यको सम्भावना बुझ्न यो अन्तरक्रियाले निकै सहयोग गर्नेछ ।’

कार्यक्रममा नेपालका अन्तर्राष्ट्रिय संजालमा रहेका युवा संगठन, स्थानीय तहमा दर्ता भइ मूलधारमा रहेका राष्ट्रिय तहका युवा संघ संगठन र साँस्कृतिक लगायत टोलसुधारमा सिमित स्थानीय तहका सामाजिक युवा गरि तीन प्रकारका युवा स्वयंसेवक संस्था रहेको चीनियाँ टोलीलाई जानकारी दिइएको थियो । कार्यक्रममा तीनै तीन प्रकारका संघसंस्थाको प्रतिनिधिमूलक सहभागीता जुटाइएको बताउँदै कार्यक्रम संचालक एवं राष्ट्रिय युवा महासंघका अध्यक्ष राजेश बज्राचार्यले भने, ‘हामीले राष्ट्रिय युवा नीति २०७२ को कार्यान्वयन र स्थानीय तहमा युवाको सहभागिताको अधिकारलाई प्रत्याभूत गराउन भैरहेको कार्यक्रमबारे जानकारी गरायौं । यसबाहेक रोटरी, रोटराक्ट, नेपाल स्काउट लगायत मानव अधिकारकालागि युवा र स्थानीय क्लबहरुका अन्य साथीहरुले पनि संस्थाको परिचय तथा गतिविधिबारे सूचना आदानप्रदान गरे ।’

कार्यक्रममा बिश्वबिद्यालयस्तरिय अन्तर्राष्ट्रिय अध्ययन समितिका अफिसर झाओ लेइ र राजधानी चिकित्सा विश्वबिद्यालयका शिक्षकले त्यहाँका विश्वबिद्यालयको अध्यापनमा कसरी स्वयंंसेवा कार्यलाई जोडिएको छ भन्नेबारे प्रस्तुति राखेका थिए । त्यसैगरि, नेपालका तर्फबाट मानव अधिकारकालागि युवा संस्थाका अभिषेक जोशी, ईन्टराक्ट क्लबका अभिनव शाक्य प्रधान, नेपाल स्काउटका सानिध्य चित्रकार, रोटरी कम्यूनिटी कर्पका मनोज सापकोटा, बौद्ध युवा कमिटीका तर्फबाट सुदर्शन शाक्य, युथ फर नेपालका अभिनव जोशी लगायतले आफ्ना संस्थाको गतिविधिबारे बोल्दै परिचयात्मक अभिलेख आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बिइजिंग समितिका अन्तर्राष्ट्रि समन्वय विभागका उपनिर्देशक छोइ चिंगले अन्तरक्रियाबाट निकै प्रभावित भएको बताउँदै स्वयंसेवकको बिशेष महत्व रहेको २०१८ को बिइजिंग ओलम्पिकमा भेट्ने आशा गरे । उनले प्रस्तुतिहरु सुनेपछि बिशेषत बिद्यार्थी जीवन पश्चात नेपालमा रोजगार र शीपबिकासको नीतिबारे जिज्ञासा राखेका थिए ।

सहभागी सबैलाई प्रादेशिक मार्ग अन्तर्राष्ट्रिय स्वयंसेवा एलायन्स (बेल्ट एण्ड रोड भोलुन्टियर अलायन्स) र युनिभर्सिटीको ब्याज मायाको चिनोका रुपमा लगाइदिएका थिए भने नेपालका तर्फबाट राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरका सदस्यहरुले स्वदेशी पहिरनमा धीमे, मादल, बाँसुरी, भुसिया, ढोलक जस्ता बाजामा बिशेष नेपाली धुनहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमपछि पाटन संग्रहालय अवलोकन गरेका चीनियाँ टोली बुधवार भक्तपुरस्थित एसओएस बालग्राम अवलोकन र स्वयंसेवकहरुसँग अन्तरक्रिया गरेर बिहिवार स्वदेश फर्कने छन ।

Photo : Ravi Maharjan, Rajesh Bajracharya

हेर्नुहोस कार्यक्रमको फोटो एल्बम

RELATED NEWS

Leave a Reply

Your email address will not be published. Required fields are marked *