Arts and Crafts Education Entertainment Feature News National Photo Feature Youth & Sports

सामुदायिक विद्यालयमा कविताको पहिलो बिजयोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । २०७५ श्रावण २२ । अगष्ट ७, २०१८
राजेश बज्राचार्य, ललितपुर

डान्स रियालिटी सो बुगीवुगीको पहिलो सिजनको उपाधि जित्न सफल १८ वर्षीया कविता नेपालीको पहिलो संस्थागत बिजयोत्सव उनले पढेकै सामुदायिक बिद्यालयले मनाएका छन ।

कविता १२ कक्षामा अध्ययन गर्दै गरेको ललितपुरस्थित श्री शान्ति बिद्याश्रमका शिक्षक तथा बिद्यार्थीहरुले बिजय जुलुससहित कवितालाई पाटन नगर परिक्रमा गराएका हुन । नगर परिक्रमामा रमाएका बालबालिकाहरु हिप हिप हुर्रे अनि यो जित कसको, श्री शान्तिको भन्दै नारा सुन्दा लाग्थ्यो कविताले भन्दा उनको जितलाई आफ्नो विद्यालयका विद्यार्थीहरुले नै अपनत्व लिएका थिए ।

आफूले पढेको विद्यालय वरपरका समुदायमा परिक्रमा गर्दा कविता पनि स्थानीय चिनजानहरुप्रति थप नतमस्तक देखिईन । मुस्काउँदै हात हल्लाउँदै र नमस्कार गर्दै परिक्रमा सकेर विद्यालय पुगेका उनलाई गुरु र ससाना भाईबहिनीहरुले घेरेर अंकमाल गर्दा उनी अति खुशी देखिन्थिन । गुरुआमा मगमग अमात्य र साना भाइबहिनीहरुले घेरेर उनकै नाम जोडेर बौद्ध परम्पराको मैत्री भावना पाठ सुनाउँदा उनी भावविव्हल भएकी थिइन ।

विद्यालयका प्रधानाध्यापक दिव्यमणि ज्ञवालीले आफूले पढाएको विद्यार्थीले राष्ट्रलाई नै विशेष योगदान दिने भएपछि सबै भन्दा बढी आत्मसन्तुष्टी प्राप्त हुने बताए । कविताको उपलब्धिले सामुदायिक विद्यालयकै छवि उच्च बनाईदिएको बताउँदै उनले आगामी दिनमा शिक्षालाई निरन्तरता दिइ विश्वमा देश र आफ्नो नाम सफल बन्नु भनि शुभकामना व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीले आफ्नो बिद्यालयका छात्रा सेलिब्रिटी बनेकोमा खुशी व्यक्त गर्दै श्री शान्ति सामुदायिक बिद्यालयमा आफूले अध्ययन गरेको भनि गर्व साथ सबैलाई भन्न अनुरोध गरे । उनले कवितालाई नेपालमा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेर्न अनुरोध गर्दै भने, “महंगो विद्यालय वा संस्थागत नीजि बिद्यालयको तुलनामा प्रतिभा प्रस्फुटन, गुणस्तर र भौतिक सुविधामा सामुदायिक विद्यालय पनि कम हुँदैन भन्ने सन्देश फैलाउन गर्वका साथ श्री शान्तिको नाम लिनुहोला, शताब्दी पुरुष सत्यमोहन जोशीको योगदान रहेको सामुदायिक विद्यालय थप उकास्न भविष्यमा आफू जस्तो प्रतिभा उत्पादन गर्न योगदान दिनुहोला, सफलताको शुभकामना ।”

आफ्ना गुरुआमा गोमा भुजेलको अभिव्यक्तिमा शिक्षकहरु माझी र डुंगा भएको अभिव्यक्ति सुनेकी कविताले ज्ञानको खोला तार्ने काम गरेर आफूलाई सक्षम बनाएको प्रति कृतज्ञ भएको र भुल्नै नस्कने बताईन । प्रतियोगिताकालागि ८ महिना पढाईलाई छोडेको सम्झदैं कविताले आफूले सानो देखि पढेको विद्यालय पनि प्रेरणाको श्रोत रहेको बताईन । आफ्ना नेपाली कक्षाकी गुरुआमा गोमा भुजेल र अंग्रेजी तथा बिद्यालयमा हुने नृत्य मूल्यांकन गर्ने एड्मा थापालाई उनले विशेष धन्यवाद दिइन । बिद्यार्थी र शिक्षकहरुबीच रमाउँदै नाचेका कविताले सबै विद्यार्थीहरुले केही राम्रो काम गरेर आफ्नो बिद्यालयको नाम चम्काउन प्रोत्साहित पनि गरिन ।

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’ सिजन १ मा सर्लाही लालबन्दी नगरपालिका पत्थकोटकी कविताले अन्य प्रतिस्पर्धी भन्दा धैरे भोट पाएर विजयी भएकी हुन् ।

PHOTO: Rajesh Bajracharya

Leave a Reply

Your email address will not be published. Required fields are marked *