१६ वडाका १ सय जेष्ठ नागरिक सम्मानित

पुष १०, ललितपुर

– फोटो पत्रकार कृतन मंगल जोशी

ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार अशोक पार्टी पालेसमा आयोजिt सो सम्मान कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार प्रदान गर्नुभयो । त्यसपछि नेवाः परम्परा अनुसार पहिलो ज्याजकु (बुढापास्नी) गरिसकेका ७८ वर्ष पुगेका ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने सम्मानित हुने सबैलाई समाजसेवी मोतिशाक्यको परिवारको तर्फबाट न्यानो सिरक प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर भत्ता दिने कार्य वडाले निरन्तर गर्दै आएकोमा सो  कार्यमा अहोरात्र खटिने वडा सदस्य बज्राचार्यको प्रंशसा गर्नुभयो । समारोहमा वडाअध्यक्ष शाक्यले बज्राचार्यको अगुवाईमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

महानगरपालिकाकै ज्येष्ठ वडा सदस्य रहनुभएका कार्यक्रमका संयोजक जेष्ठ नागरिक जनप्रतिनिधी पंचबज्र बज्राचार्यले चुनावताका घरघरमा गई सामाजिक सुरक्षा भत्ता दिने जनतासामु गरेको वाचा इमान्दारसंग पालना गरेको बताउनुभयो । ‘ यस कार्यमा अनेक समस्या, बाधा अड्चन आएपनि म कहिले निराश भईन । पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, वडाअध्यक्ष शाक्यसहित विभिन्न सञ्चारमाध्यमले मलाई यस कार्यमा सदवै हौसला बढाएको छ ।’ उहाँले भन्नुभयो, ‘वडा सदस्यको पाँच वर्ष कार्यकाल ज्येष्ठ नागरिकको सेवामै बिताएँ ।’ दुई वर्षअघि पनि १६ वडाले बज्राचार्यको संयोजकत्वमा २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

Spread the love

Related posts

Leave a Comment