Business and CSR Crime Feature News Municipal news

५ रोपनीमा फैलिएको बाल संगठनले तिरेन कर, करछलीका विभिन्न रुप पछ्याउँदै महानगर

ने. सं. ११३८ चिल्लाथ्व फागुपुन्ही । फागुन १७, २०७४। १ मार्च २०१८
ललितपुर

जाउलाखेलामा अवस्थित नेपाल बाल संगठन  सातदोवाटोमा अवस्थित सेलवेल सुपरमार्केटमा बुधवार अनुगमन गर्ने भनिएकोमा बाल संगठन मातहतका दुइ क्षेत्रमा मात्र अनुगमन गर्न भ्याएको छ ।

अनुगमनमा नेपाल बाल संगठन (बाल मन्दिर) ले आफ्नो भवन मातहत रहेका ९ सटरहरु असमान भाउमा भाडामा लगाएको तथ्य भेटिएको छ ।

बुधवार करीव १ बजे शुरु गरिएको अनुगमन राजस्व शाखाका प्रमुख दिल्लीराज शाक्यको अगुवाइमा आर्थिक विकास समितिका सदस्य वडा अध्यक्षहरु र नगर प्रहरीबल सहितको टोली पुगेका हुन ।

ललितपुर महानगरपालिका वडा नं. ४ जाउलाखेलमा रहेको बाल मन्दिरले ९ सटरहरु मासिक ३ हजारदेखि बीस हजार सम्म भाडामा राखेका छन । ९ वटा सटरमध्ये पनि जावलाखेल पुजा पसल, मेहेन्द्रपुर बालाजी फ्रुट सेन्टर र तमा खाजा घर रेष्टूरेन्ट बाहेक अन्य व्यवसायहरु नगरपालिकामा दर्ता समेत भएका छैनन । त्यहाँ रहेका अधिकांश पसलहरु कम्तीमा १ देखि ५ वर्ष अगाडी सञ्चालनमा आएको बताइएको छ भने केहीले १५ वर्षदेखि भाडामा लिइरहेको खुल्न आएको छ ।

प्राइम लोकेशनमा रहेको ती भाडामा लगाइएका सटर मध्ये एक सटरमा खोलिएको मनिष फ्रुट एण्ड जुस शप मासिक ६ हजार तिर्दैै आएको छ भने सँगै ३ सटरमा रहेको मेहेन्दीपुर वालाजी फ्रुट सेन्टरले मासिक ३ हजार ६ सय मात्र भाडा तिर्दै आएको पाइएको छ । त्यस्तै रापिड इन्टरप्राइजेज १ वर्ष देखि मासिक ५ हजार, महर्जन ग्रोसरलाई ३ हजार भाडा तिर्दै आएको छ भने पछाडीतिर हालैमात्र सञ्चालन भएको तामा रेष्टुरेन्टलाई भने मासिक २० हजार भाडामा राखिएको छ । अन्य दुइ सटरहरु बालाजी फ्रूट सेन्टरलाई मासिक ७ हजार र माया खाजा घरलाई २ हजार ५ सयमा दिइएको छ । हाल सञ्चालनमा आएका ९ व्यवसायहरु केही भर्खर शुरु भएको भनिएता पनि सो क्षेत्रमा १५औं वर्षदेखि सटर भाडामा रहेको देखिनाले विगतका संचालनमा रहेका व्यवसायहरुबाट राजश्व चुहावट भएको अनुमान गर्न सकिन्छ ।

बाल संगठनले लिने गरेको असमान भाडा ललितपुर महानगरले तोकिएको भन्दा फरक रहेको मात्र नभइ संगठनले ५ रोपनीमा फैलिएको घरजग्गा कर समेत तिरेको छैन ।

करीव १ रोपनीमा फैलिएका दाँयातर्फका ९ शटरहरुको घर भाडा संगठनले प्रत्यक्ष उठाउने गरेको र बाँयातर्फ रहेको करीव ४ रोपनीमा रहेको व्यापार केन्द्र भवन पियेरा निर्माण सेवासँग निर्माण अवधिसमेत गरि ३२ वर्षकालागि लिजमा दिइएको बाल संगठन ललितपुर शाखाका कार्यालय प्रमुख कृष्ण भक्त महर्जनले बताए ।

पियरा ब्यापारिक केन्द्रका नाममा करीव ६ वर्ष अगाडी गरिएको लिज सम्झौता र निर्माण पश्चात सो ठाउँमा हाल १६ वटा व्यवसाय सञ्चालनमा रहेको पाइएको छ । चार तल्लामा फैलिएका विभिन्न व्यवसाय मध्ये भूँइतलामा मेगा बैंक, यति एयरलाइन्स र पहिलो तलाको जियोस्पासियल सिस्टम बाहेक कुनै पनि व्यवसायहरु दर्ता नभएको पाइएको छ ।

हिमालयन बिन्स कफी, सिप्रदी टे«डिंगको गाडी शोरुम, अष्ट्राल कम्प्यूटर्स जस्ता विदेशी ब्राण्ड र मल्टिनेशनल तहका कम्पनी आवद्ध ठूला व्यवसायहरु सञ्चालनमा रहेको सो स्थानका अधिकांश व्यवसायहरुले महानगरमा दर्ता गर्ने बारे जानकारी नभएको र शाखा भएकाले केन्द्रसँगमात्र घर भाडाको जानकारी रहने भन्दै पन्छिएका थिए । यसरी पन्छिनेमा पहिलो तलाको अधिकांश ठाउँ र चौंथो तलामा आफ्नो केन्द्रिय कार्यालय रहेको भायानेट कम्यूनिकेशन प्रा.लि. पनि रहेको छ ।

व्यवसाय दर्ता देखाएका जियोस्पाटियल सिष्टमले १ हजार ५ स्क्वायर क्षेत्रफल भाडामा लिएपनि घरभाडा बापत ३ हजार र दर्ता नभएका आइटेल इन्टरनेटका सम्बन्धित व्यक्तिले प्रति वर्गफीट अनुमानित ५५ रुपैयाका दरले तेश्रो तला पुरै लिजमा लिएको बताए अनुसार महानगरको व्यवसाय दर्ता, नविकरण र कर दररेट सम्बन्धि व्यवसायीहरुले चासो नदिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *