राजन बने युवा महासंघ ललितपुरको अध्यक्ष

राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको चौथो वार्षिक साधारणसभाले राजन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा प्रणीता शाक्य, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा प्रत्येक शाक्य, सह–सचिवहरुमा सुवास बरार्इँली र सनिल डंगोल, सह–कोषाध्यक्षद्वयमा अनिस महर्जन र सायरा महर्जन रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोहण महर्जन, सदिका महर्जन रहनुभएको छ । महासंघका केन्द्रीय अध्यक्ष सुजन घलेको उपस्थितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शाखाका निर्वतमान अध्यक्ष राजेश बज्राचार्यले पद हस्तान्तरण गर्दै शपथ ग्रहण गराउनुभयो । सो अवसरमा शाखाका अध्यक्ष राजन…