पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने

श्रावण १५ गते ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो । ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक सहयोग काठमाण्डौँ उपत्यका संरक्षण कोष (के.भि.पि.टी.)ले गर्ने भएको छ । के.भि.पि.टी.का तर्फबाट दिइएको योजना अनुसार परम्परागत शैलीको मनमानेश्वरी देवी (मणिद्विप भवानी)को ३ तल्ले प्यागोडा शैलीको मन्दिरको निर्माणकालागि अनुमानित बजेट ७६ लाख रहेको बताइएको छ । आवश्यक बजेटको ब्यवस्था…