खोकनामा असोज १९ गते तोरीखेती गर्ने घोषणा

भाद्र २७, शनिवार तोरीको तेलबाट सुप्रसिद्ध खोकनावासीहरुले विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोधको थप कार्यक्रम स्वरूप आदिवासीहरुले असोज १९ गते सुडोलको फाँटमा तोरीखेती गर्ने घोषणा गरेका छन । हालैको मच्छिन्द्रनाथ जात्रामा भएको संस्कृतीप्रेमी र प्रशासनको झडप घटना नसेलाउदै खोकना सुडोलमा नेपाली सेनाको संरक्षणमा निर्माण ठेकेदारहरुले विवादित क्षेत्रमा पुन: निर्माणकार्यको थालनीको बिरोध गर्दै खोकनावासीहरुले संघर्ष जारी रहेको बताएका छन । निरन्तर बिरोध बावजूद भैरहेको हस्तक्षेपको प्रतिकारसंगै खोकनाको इतिहास जीवन्त राखिराख्न मर्न पनि तयार रहेको बताउंदै नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका दुर्गाराम डंगोलले सबैको साथकालागि आह्वान गरे । “आदिवासीको आवाज सुनांउदै…