‘कर नतिर्ने फुटपाथ व्यवसायलाई राज्यले नै प्रोत्साहित गर्दैछ’

२०७७ भाद्र २९, सोमवार, काठमाडौं कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन ईच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले नै फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । समाजको स्थापना तथा अभियानको सय दिनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी समाजले पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गइए संक्रमणको जोखिम समेत बढाएको फुटपाथ पसल हटाउन भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो । स्थानीय…