शंखधर उद्यानको शोभा बढाउन २ इतिहास पुरुषका शालिक अनावरण

ने.सं. ११४१ मंसीर ६, काठमाडौँ । ११४१ वर्ष अगाडी लिच्छविकालका राघवदेवका राज्यकालमा स्थापित नेपाल सम्वतका प्रणेता मानिने राष्ट्रिय बिभूती शंखधर साख्वा र मानवाधिकारकर्मी एवं भाषा र जनजाति आन्दोलनका अगुवा स्वर्गीय पद्मरत्न तुलाधरज्युको पुर्ण कदका दुइ शालिकहरुको आज अनावरण गरिएको छ । नेपाल सम्वत सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरेका हुन । करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी…