नयाँ मुकुट्ले सुसज्जित बराह कार्तिक नाच शुरु, शनिवार नृसिंह अवतार

ललितपुर बि.सं . १६९७ देखि चल्दै आएको ललितपुरको ऎतिहासिक कार्तिक नाच यस वर्ष कोरोना नियन्त्रणको दृष्टिकोणलाई समेत ध्यानमा राखेर आजबाट शुरु भएको छ । भीड्भाड नियन्त्रण गर्ने गरि पाटन दरवार क्षेत्र कलाकार र सञ्चारकर्मीहरु मात्र राखेर शुक्रवार र शनिवार गरि क्रमश: बराह र नृसिंह अवतारको प्रमुख नाचले यस वर्ष पनि निरन्तरता पाएको छ । शुक्रवार बराह अवतारको प्रस्तुतिको शुभारम्भको अवसरमा ललितपुर महानगरपालिका वडा १६ का तर्फबाट नाचको दिर्घकालिन निरन्तरताको कामना गर्दै वडाध्यक्ष निर्मल रत्न शाक्यले नवनिर्मित चाँदीको मुकुट हस्तान्तरण गरेका छन । यस सँगै वडाध्यक्ष्य शाक्यले गत वर्ष आफुले ब्यक्त…