कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

उषा मास्के मानन्धर, जीवन बैद्य नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य पम्पिङका लागि पनि सौर्य ऊर्जाको उपयोग गर्न थालिएको छ । यद्यपि विश्वका अन्य देशहरुमा सौर्य सिँचाइ गर्ने क्रम धेरै वर्षअघिदेखि भएको पाइन्छ । नेपालमा पनि शुरुको अवस्थामा खानेपानी प्रयोजनका लागि विभिन्न योजनाहरु सञ्चालन भएपनि सिँचाइमा भने…