महालक्ष्मी नपावासीलाई रा.वा. बैंकको सहुलियतपूर्ण कर्जा

पौष १, २०७७ महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन। समझदारीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने भन्नेबारे प्रकाश पारे । उनले सो कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी…