१६ वडाका १ सय जेष्ठ नागरिक सम्मानित

पुष १०, ललितपुर – फोटो पत्रकार कृतन मंगल जोशी ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार अशोक पार्टी पालेसमा आयोजिt सो सम्मान कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार प्रदान गर्नुभयो । त्यसपछि नेवाः परम्परा अनुसार पहिलो ज्याजकु (बुढापास्नी) गरिसकेका ७८ वर्ष पुगेका ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने सम्मानित हुने सबैलाई समाजसेवी मोतिशाक्यको परिवारको तर्फबाट न्यानो सिरक प्रदान गरिएको थियो…

अध्ययनशीलता बिकासकालागि पुस्तकालय निर्माण अभियानमा लियो क्लबका युवाहरु

पुस ९, तनहुँ अध्ययनशीलता बिकासकालागि पुस्तकालय निर्माण कार्यक्रम लिएर लियो क्लब अफ काठमाडौं कोहिनुरका युवाहरु तनहुँ पुगेका छन । तनहुँ जिल्लाको रिसिङ्ग स्थित ‌श्री शिव सरस्वति माध्यमिक विद्यालयमा स्थापित उक्त पुस्तकालयलाई सघाउन पुस्तक तथा आवश्यक सामाग्री बोकेर लियो क्लब र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाका प्रतिनिधीहरु पुगेका हुन । गत फेब्रुअरीमा “Building Nations Through Building Libraries” अन्तर्गत स्थापित गरिएको Slot Gacor Hari Ini पुस्तकालयलाई स्थायित्व प्रदान गर्न लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक “Learner’s Room: A Path to Wisdom” नामक परियोजनानै बिकास गरि सो पुस्तकालयलाई…

पाटनमा भेट्टिएको लिच्छ्वीकालिन अभिलेख र सान्दर्भिक इतिहासका बाछिटा

पुस ७, ललितपुरराजेश बज्राचार्य पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी लिच्छवीकालिन ऐतिहासिक शिलापत्र भेटिएको छ । महानगरपालिकाले दरवार क्षेत्रको मूल बाटोमुनी चरणबद्ध रूपम ढल निकासको कार्य गर्नेक्रममा भिमसेन मन्दिर अगाडीको क्षेत्रमा पौष ५ गते करिब १० फिट मुनि उक्त शिलापत्र फेला पारिएको हो । फोटो श्रोत: शिवेश शर्मा, पाटन यस अघि २०७८ भाद्र २९ गते पनि मध्यकालिन शिलालेख भेट्टिएको पाईएको छ । दोश्रोपटक फेला परेको यस शिलालेख सो उत्खखन टोलीमा रहेका पुरातत्‍त्वविद प्रकाश दर्नालबाट प्राप्त सूचनाको आधार र अनुरोधमा लिपिबिज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले प्रारम्भिक अध्ययन गरेका हुन ।…

१६ दिने अभियानको निरन्तरतामा प्रतिबद्ध युवा

मंसीर २४, ललितपुर यस वर्षको लैगिक हिंसा बिरुद्धको बिश्वब्यापी १६ दिने अभियान  शुक्रवार टुंङ्गिदैं गर्दा ललितपुरका युवाहरुले यस्को निरन्तरताकालागि युवा साझेदारी अभियानको घोषणा गरेका छन । महानगरिय प्रहरी प्रभाग मंगलबजारको सहकार्यमा राष्ट्रिय युवा महासंघ ललितपुरले शुक्रबार पाटन संग्रहालयको प्रांगणमा “लैंगिक हिंसा बिरुद्ध युवा साझेदारी घोषणा” कार्यक्रमको आयोजना गरेका हुन । जिल्लाका महिला समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला प्रशासकिय अधिकृत घनश्याम उपाध्यायले नेपाली समाजमा ब्याप्त महिला बिभेदको पुरातन चिन्तन यसखालको अभियान निरन्तरताले मात्र  तोड्न सकिने बताउँदै आयोजक युवा संस्थाको गतिशीलताको प्रशंसा अनि बधाई…

ललितपुरका जातिय संस्थाहरु एकीकृत हुँदै

मंसीर १९, ललितपुर आ-आफ्ना संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा संगठित ललितपुरका २१ भन्दा बढी जातिय समाजहरुसँगै नेपालभाषा मंका: खल: यल पनि एक्यबद्धभै बनेको यल जातिय समाजलाई बिधिवत दर्ता गरिने भएको छ ।पाटन झटापोल सत्तलमा मंसीर १९ गते यल जातिय समाजका संयोजक (पा:ल्हा) एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारको अध्यक्षतामा बसेको बैठकले आगामी ६ महिनामा समाजलाई कानूनत दर्ता हुने गरि ९ सदस्यीय तदर्थ समिती गठन गरेको हो । ज्यापू समाज यलका अध्यक्ष तिर्थलाल महर्जनको अध्यक्षतामा बनेको उक्त तदर्थ समितिको सचिवमा बौद्ध बिहार संघ ललितपुरका सुरेन्द्र बज्राचार्य, उपाध्यक्षमा चित्रकार (पुँं:…

फोनिज काठमाडौं जिल्लाको नेतृत्वमा शैलेस डंगोल सर्वसम्मत

मंसीर २०, काठमाडौं आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काठमाडौंले छैठौं जिल्ला अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ रहनु भएको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर,…

क्यानभासमा सत्यमोहन बा, प्रदर्शनी २५ गतेसम्म चल्ने

मंसीर २०, ललितपुर माननीय उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी बा को एकल पेन्टिङ ” क्यानभासमा सत्यमोहन बा ” प्रदर्शनीको उदघाटन सम्पन्न गरिएको छ । सोमवार शताब्दी पुरुष सत्यमोहन जोशीको आवासमा स्थापित लोक साहित्य परिषद भवन परिसरमा योंग पिकासो संस्थाले पाटन संग्रहालयको विशेष सहयोग र विभिन्न संघसंस्थाको साथसमर्थनमा सो चित्रकला प्रदर्शनी आयोजना गरेका हुन । वांगमय शताब्दी पुरुषको जोशीज्युको समुपस्थितिमा प्रमुख अतिथि मन्त्री भुषालले निजी सम्पत्तिसमेत राष्ट्रिय महत्वको संग्रहालयमा परिणत गर्ने चाहना जस्तो महान कार्यमा समर्पित आदरणीय शताब्दी पुरुषको सपनामा साथ…

पाटनमा स्थापित भए २ लक्ष्मीनारायणको मूर्तिहरु

मंसीर १८, ललितपुर पाटन पटको टोलमा करीव ४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । बिदेशको संग्रहालयबाट उक्त मूर्तिलाई फर्काएर बिधिवत रूपमा यथास्थानमा प्राणप्रतिस्थापन गरिएपछी अब सो मन्दिरमा लक्ष्मीनारायणका दुबै मूर्तिलाई पुजिने भएको छ । ३७ वर्षअघि पाटनको पटको टोलबाट चोरी भएर अमेरिकाको डल्लास म्युजियम अफ आर्टस् पुगेको लक्ष्मीनारायणको मूर्ति बिगत ६ महिनादेखि पाटन संग्रहालयमा रहँदै आएको थियो । उक्त मूर्तिलाई स्थानियकै जिम्मामा मूल मन्दिरमै स्थापना गर्दा संस्कृति सम्पदा जगेर्नाको महत्वबृद्धिसंगै संरक्षणको दायित्व स्थापित हुनेगरी औपचारिक रूपमै लगेको प्रमाण राख्न मूल चोकमा वडाका पदाधिकारीहरू, अभियन्ता…

पाटन संग्रहालयको रजत वर्ष प्रवेश – पूरा होला त शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना ?

ने. सं. ११४२ कछलाथ्व एकादशी, सोमवाः । २०७८ कार्तिक २९ । नोभेम्वर १५, २०२१ललितपुर पाटन संग्रहालय ब्यवस्थापन समितिको २४औं बार्षिकोत्सवमा प्रमुख अतिथी वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई “Archeological Garden” (पुरातात्विक बगैंचा)का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन । यस अगाडि २१औं वार्षिकोत्सवको अवसरमा बताएका कुरा पुन:स्मरण गर्दै आफू पुरातत्व विभागको निर्देशक रहँदा यत्रतत्र क्षयीकरण हुँदै गएका र विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित हुने स्थानका रुपमा पाटन दरबार क्षेत्रभित्रको भण्डाः क्यबः (भण्डारखालको बगैंचा)को कल्पना गरेको दोहोर्याएका…