शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा ललितपुरका युवा

फागुन १६, ललितपुर राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुरले शनिबार पाटन संग्रहालमा समाजमा शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा युवावर्ग तथा समुदायको भूमिका बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरेका छन । सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले युवावर्ग परिर्वतनको संवाहक रहेको उल्लेख गर्दै उनीहरुमा सकारात्मक सोच, सामाजिक मूल्य र मान्यताप्रति संवेदनशीलता र रचनात्मक क्रियाकलापमा सहभागी गराउन सके अपराधको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो।विदेशी संस्कृति र संस्कार कति हदसम्म अनुकरण गर्ने, आफ्नो सामाजिक र सांस्कृतिक परम्पराप्रतिको ज्ञान, सामाजिक स्वीकार्यता बुझ्ने र विवकेशील युवावर्गले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि प्रमुख…

“मतिनाया ख्वबि” लोकार्पण

फागुन १५ नेपालभाषा बिकासको क्षेत्रमा झन्डै ३ दशकको यात्रा तय गरिसकेकी संचारकर्मी एवं साहित्यकार पूर्णिमा शाक्य ‘पामिला’को हाइकु संग्रह “मतिनाया ख्वबि” लोकार्पण गरिएको छ। ईलोहं प्रकाशनबाट प्रकाशित उक्त हाइकु हाइकू संग्रह एक विशेष कार्यक्रमबीच बागमती प्रदेशका सांसद शोभा शाक्य, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेश वीर शाक्य, ‘च्वसापासा’का अध्यक्ष भुषण प्रसाद श्रेष्ठ, नेपालभाषा मंकाः खलः यलका निवर्तमान अध्यक्ष किरण शाक्य, नेवाः हाइकु साहित्य क्षेत्रका संयोजक सुरेश प्रधानज्युले शनिबार ललितपुर कनिबहालस्थित होटल गुडिवलमा संयुक्त रूपमा लोकार्पण गरेका हुन। कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका सांसद शाक्यज्युले महिलाहरु पारिवारिक…