राज्यसत्ता पंचायती मानसिकताबाट ग्रसित रहेको अभियानकर्मीको आरोप

२०७७/११/१८, काठमाडौं वर्तमान सरकारले राज्य सत्ताले अझै एक भाषा नीतिलाई निरन्तरता दिँदै भाषिक दमनलाई निरन्तरता दिएको अभियानकर्मीहरुले बताएका छन् । बालाजु काण्डमा नेपालभाषा बोलेको भन्दै प्रहरीले अभियानकर्मीहरुलाई पक्राउ गरेको भन्दै सोको विरोधमा आज ईन्द्रचोकमा आयोजित विरोध सभाका वक्ताहरुले राज्यले आफैं संविधान मिचेर मातृभाषाको दमन कायम राखेको आरोप लगाए । कार्यक्रममा बोल्दै बालाजु काण्डमा गत बुधबार पक्राउ परेर आज रिहा भएका महेश्वर मानन्धरले संविधानले दिएको मातृभाषा बोल्ने अधिकार राज्यले खोस्न मिल्छ र भन्दै प्रश्न गरे । ‘मैले मेरो दाजुभाईसँग मेरो मातृभाषामा कुरा गर्छु, मलाई कसले रोक्ने ?’, मानन्धरले भने । ‘संविधान…