भण्डारखालमा शुरु गरियो ६ सय वर्ष पुरानो परम्परा

आकाश राजोपाध्याय/२०७७ फागुन २७ बिहिबार, ललितपुर ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्रि गर्ने परम्पराले फेरी निरन्तरता पाएको छ । सय वर्षभन्दा बढि समयदेखि रोकिएको यो परम्पराले आज फेरी निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा आज ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाको साथमा चण्डि पाठ गरेका थिए । तलेजुका पूजारीहरु वासुदेव ज्वालानन्द राजोपाध्यायले एकादश आवृत्ती रुद्राभिषेक पूजा गरेका थिए भने रक्षण राजोपाध्यायले सप्तसती चण्डि पाठ गरेका थिए ।सोभन्दा अघि क्षमापूजा पनि सम्पन्न गरिएको थियो । रोकिएको परम्परालाई निरन्तरता दिन क्षमापूजा गरिएको थियो । महाशिवरात्रीको अवसर पारेर भण्डारखालमा मणिकेश्वर महोदवको…

संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा

२०७७ फागुन २७ बिहिबार, ललितपुर नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावालाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्पन्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।उनीहरुले संस्कृति सम्पदा संरक्षणमा पत्रकारिता भूमिकालाई अझ प्रभावकारी बनाउन पत्रकारहरुमा सांस्कृतिक संवेदनशीलता बारे अझ सचेतना अभियान थाल्नुपर्नेमा पनि जोड दिएका छन् । सभाको उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय…