ललितपुर महानगरमा वडा स्तरीय ज्येष्ठ नागरिक समिति स्थापना

२०७७ फागुन २८, ललितपुर ललितपुर महानगरपालिका– १६को आयोजनामा शुक्रबार एक समारोहकाबीच वडा स्तरीय ज्येष्ठ नागरिक समिति स्थापना भएको घोषणा गरिएको छ ।सो कार्यक्रमका संयोजक रहेका ६७ वर्षीय वडा सदस्य बज्राचार्यले ज्येष्ठ नागरिकको हितमा काम गर्न आफूलाई हौस्याउने जीवनकै एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको बताएका छन । १६ वडाको सदस्यमा निर्वाचित हुनु भन्दा करिब दुई वर्षअघि देखि बज्राचार्यले घरघरमा पुगी बृद्धभत्ता बाँड्न शुरु गरेका उनले विगत चार वर्षदेखि सो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । वृद्धभत्ता दिने घरघरमा जाँदै गर्दा प्रत्येक घरका ज्येष्ठ नागरिकहरुको सुख र दुःखसंग बज्राचार्य अझ गहिरिएर जोडिन…