प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित

२०७७ चैत्र १, ललितपुरललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ । सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो । नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजन गर्नुभएको थियो।त्यसलाई कदर गरी सो पदक प्रदान गरिएको बुझिएको छ । जनतासंग सेना कार्यक्रम अन्तर्गत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित विशेष ‘ब्यान्ड डिस्प्ले’ सम्पन्न गर्न जोशीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सामाजिक, सरसफाई…