चौंथौं हलिं नेवा: दिवस बसन्तपुरमा सम्पन्न

११४१ चैत्र १४, काठमाडौं ४ वर्ष अगाडी लन्डनमा स्थापित भएको विश्व नेवाः संगठनको चौथौं हलिं नेवा: दिवस शनिवार काााठमाडौ बसन्तपुरमा भव्य कार्यक्रम गर्दै मनाइएको छ । गत ४ वर्षदेखि संगठनको स्थापना भएको दिनको सम्झनामा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएकोमा यस पटक नेपाल च्याप्टरको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि सोहि दिन आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा आयोजित सो सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि…