नेवा: पत्रकारहरु सम्मानित

ठिमी, चैत २० ।   शुक्रबार मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको छ । कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई २० हजार रुपैयाँ राशीसहित ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नागरिककर्मी पत्रकार वृmष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कारका दाता समाजसेवी मोतिशान्ति शाक्यले प्रदान गरेका थिए । त्यस्तै फोटो पत्रकारितामा निरन्तर सक्रिय रहेकी महिला फोटो पत्रकारलाई रेखा शाक्यलाई रु. १० हजार राशीसहित बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ…