सामुदायिक स्वास्थ्य केन्द्रमा समाजसेवीबाट उपकरण सहयोग

चैत्र २४, ललितपुर समुदायस्तरमा सहज र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न स्थापित १६ वडाको सामुदायिक स्वास्थ्य केन्द्र नागबहालमा समाजसेवी छाँया जुवाःले OXYGEN CONCENTRATOR , WHEELCHAIR लगायतका अन्य स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका छन । मंगलबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी जुवाःले ललितपुर महानगरपालिका– १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य मार्फत सो उपकरण हस्तान्तरण गर्नुभएको हो। केन्द्रले अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकूँन भनेर समाजसेवी मोतिशान्ति शाक्यसंग समन्वय गरेर सामग्री प्रदान गरिएको दाता जुवाःले जानकारी दिनुभयो । ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउन अग्रसरता देखाउनुहुने समाजसेवी जुवाः र शाक्य आँखादान समाज, लायन्स…