स्थानिय तहमा युवावर्गको कार्यक्रम ल्याउने प्रतिबद्धता

श्रावण १८, ललितपुर स्थानिय तह विकासमा युवावर्गको सहभागितामूलक कार्यक्रमको आवश्यकतालाइ सम्बोधन गर्दै ललितपुर महानगरपालिका– १९ वडाको आयोजना र राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको सह आयोजनामा भएको पाँच दिने नेतृत्व विकास तथा समूह व्यवस्थापन तालिमको आईतबार समापन गरिएको छ। ५ दिने तालिममा समूहगत अभ्यासबाट तयार भएका युवा कार्यक्रमलाई दैनिक जसो अनुगमन गरेका १९ वडाका अध्यक्ष विनोद ताम्रकार र वडाका महिला तथा युवा संयोजक एवं वडा सदस्य रामिया महर्जनले नेतृत्व विकास तालिमबाट आफू निकै प्रभावित भएको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमका सभापति समेत रहनु…

म त्यस्तो नालायक मान्छे हुँ र? – तुलसीलाल अमात्य

श्रावण १८ गुट उपगुटको राजनीतिले नेपालमा वामपन्थीहरुको कहिलै दिर्घकालीन रणनीतिक एकता सम्भव देखिएन । सैद्धान्तिक निष्ठावान राजनीतिबाट अभिप्रेरित योद्धा कमरेड तुलसीलाल सदैव किसान आन्दोलन उत्थानमा लागिपरे । तेश्रो महाधिवेशनबाट महासचिवको भूमिका हुँदै कालान्तरमा नेकपा अमात्यमै सिमित रहन गएपनि यीनैले २०४८को जन आन्दोलन उत्थानमा महत्वपूर्ण भूमिका निभाए । आफ्नालागि आवश्यक औषधिहरु रहेको झोला सहित पार्टी झण्डा हल्लाउँदै उनले गिरफ््तारी दिए संयुक्त वाम मोर्चाको अध्यक्षका हैसियतले । मृगौला रोगले च्यापिएका यीनलाई डायलाइसिस उपचार खर्च सहयोग जुटाउनुभन्दा उल्टो पार्टीभित्र चरित्रहत्याको प्रयास समेत भए । प्रस्तुत छ, उनको मनमा लागेको ठेस अभिव्यक्तिहरुबारे २०५३ साल…