आधुनिक दृष्टिकोणमा गठाँम्वःचह्रे

राजेश बज्राचार्य, फोटोग्राफी ः कृतन मंगल जोशी नेपालमा प्रचलित चतुदर्शीमा मनाइने चार महत्वपूर्ण चाडपर्व मध्ये एक गठाँम्वः (घण्टाकर्ण) पर्व यस वर्ष पनि हर्षोल्लासका चाड उपत्यका विभिन्न स्थानहरुमा मनाइएको छ । नेपालमा यस पर्वको कुन समयदेखि थालनी भयो भन्नेको यकीन प्रमाण नभेटिएपनि कृषिप्रधान देशको इतिहासमा रोपाईंको समयको व्यस्तता लगत्तै मनाइने यस पर्वको विशेष सामाजिक साँस्कृतिक महत्व रहेको पाइन्छ । ती मध्ये प्रमुख सांस्कृतिक पक्षलाई समाज विज्ञान र आधुनिक दृष्टिकोणले केलाउने प्रयास यस लेखमा गरिनेछ । सरसफाई र गठाँम्वः सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम…